×

NMB BANK
NIC ASIA

बन्धक बनाइएका २८ महिलाको उद्धार, ‘ओभरटेक गरे दुर्घटना’

कात्तिक ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै भारतको नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो । 

Muktinath Bank

२१ देखि ४५ बर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्याएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् । कान्तिपुरमा खबर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अाज कोजाग्रत पूर्णिमा, वडादशैँ समापन
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।
   
आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिइ सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।


Advertisment
Nabil box
Kumari

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आरधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

Vianet communication
Laxmi Bank

कांग्रेसको चियापान कात्तिक १६ मा
नेपाली कांग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लामा आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका दिन गर्ने गरी मिति परिवर्तन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
  
कांग्रेस नेता, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत चक्रप्रसाद बाँस्तोलाको गत असोज २७ गते राति भएको निधनका कारण कार्यक्रम सारिएको हो । निधनको तेह्रौँ दिनसम्म शोक भएकाले उनीप्रति सम्मान प्रकट गर्दै शुभकामना आदानप्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको जनाइएको छ । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा र उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा पनि आयोजना हुनेछ । 

‘ओभरटेक’ गर्न खोज्नु गल्ती हुन्छः प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ का मुख्यमन्त्रीलाई केन्द्र सरकारलाई ‘ओभरटेक’ गर्ने प्रयास नगर्न सार्वजनिक रुपमै सुझाव दिएका छन् । अन्यथा दुर्घटना हुने उनको भनाइ छ  । नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मंगलबार सम्बोधन गर्दै प्रचण्डले प्रदेश प्रहरी ऐनमाथि असन्तुष्टि जनाउँदै यस्तो सुझाव दिएका हुन् । 
केहीले विधेयकहरु नबनोस् र सरकार संवैधानिक संकटमा परोस् भन्ने चाहेको उल्लेख गर्दै उनले धेरै मेहनत गरेर मौलिक हकसम्बन्धी विधेयक बनाइएको बताए । प्रचण्डले संघीय प्रहरी ऐन बनाउन केही ढिलो भएको स्वीकार गरे ।

ओली र मेरो बीचमा मत भिन्नता छैनः नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताएका छन् । नेकपा दाङले दशैँका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट पारे ।

“हाम्रोबीचमा केही समस्या छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो”, नेता नेपालले भने, “वामदेव निर्वाचन लड्ने कुरा पनि धेरै हल्ला भयो, त्यो सबै झुट हो ।” नेता नेपालले नेपालको कम्युनिष्ट सरकार विश्वकै लागि प्रेरणाको विषय बनेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसबाट सरकारले रचनात्मक प्रतिपक्षको अपेक्षा गरेको बताए ।

समृद्धि कार्यक्रम लागू 
सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेसका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेस समृद्धि कार्यक्रम लागू गरेको छ । तराई–मधेसमा बसोवास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माले जानकारी दिए ।
 
कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तराई–मधेश समृद्धि कार्यक्रम सञ्चालन कार्यविधि २०७५ जारी गरिसकेको छ । गत असोज १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ । 

प्रचण्ड भारत जाँदै
सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई दिने भ्रमणको लागि आउने शुक्रबार भारतको नयाँ दिल्ली जाँदै छन् । ईण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन प्रचण्ड भारत दिल्ली जान लागेका हुन् । फाउण्डेशनका महासचिव राम माधवको निमन्त्रणमा भारत जान लागेका प्रचण्ड दिल्लीमा २६ र २७ तारिख रहने बताइएको छ ।

साफ यू–१५ च्याम्पियनसिपको तयारी पूरा
बिहीबारबाट शुरु हुने साफ यू–१५ पुरुष च्याम्पियनसिप फुटबलको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । 

च्याम्पियनसिपमा नेपालसहित साबिकको विजेता भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलंका रहेको छ । च्याम्पियनसिपमा नेपालसहित बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान समूह ’ए’ मा रहेका छन् । त्यस्तै भारत, भुटान र श्रीलंका समूह ’बी’ मा रहेको छ । च्याम्पियनसिपका सम्पूर्ण खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

एन्फाले प्रतियोगिता हेर्न जाने दर्शकको लागि भिभिआइपीतर्फ ५ सय र सामान्य प्याराफिटतर्फ २ सय टिकट मूल्य राखेको छ । एन्फाले प्रतियोगिता आयोजनाको लागि १ करोड ६५ लाख लाग्ने जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x