भारतको उत्तर प्रदेशको परीक्षा बोर्डमा वैदिक गणित पढाइने, पाठ्यक्रम भयो तयार

कात्तिक १३, २०७५

काठमाडौं — भारतको सबभन्दा ठूलो परीक्षा बोर्ड उत्तर प्रदेश बोर्डमा अब वैदिक गणितको पढाइ शुरू हुने भएको छ । 

यसका लागि बोर्डका तर्फबाट पाठ्यक्रमको काम लगभग पूरा भएको छ । यसका पुस्तकहरू पनि बजारमा छिट्टै आउँदैछन् । आगामी शैक्षिक सत्रबाट विद्यालयमा यसलाई लागू गरिनेछ ।

विद्या भारती अखिल भारतीय शिक्षा संस्थानका तर्फबाट बोर्डलाई पठाइएको प्रस्तावमा बोर्डले सहमति जनाएको हो । 

राष्ट्रकेन्द्रित शिक्षा नभई पश्चिमी सभ्यताको छाप भएको शिक्षा भारतमा व्याप्त रहेकाले त्यसलाई सुधार्न विद्या भारतीले बोर्डलाई ३२ बुँदे प्रस्ताव पठाएको संस्थाका महामन्त्री ललित बिहारी गोस्वामीले बताए । प्रस्तावमा रहेको वैदिक
गणित पढाउने कुरालाई बोर्डले स्वीकार गरेको हो । 

गणित शिक्षक डीके सिंहले वैदिक गणितमा संस्कृतका सूत्रबाट गणित पढाइने बताए । 

यसबाट क्याल्कुलेसन गर्न एकदमै सजिलो हुने उनले बताए । तर यसको पाठ्यक्रम र किताब छिट्टै आउनुपर्ने भएको छ ।

एजेन्सी
 


ADVERTISEMENT

कात्तिक १३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस