×

NMB BANK
NIC ASIA

सुर्खेत– आठबीस नगरपालिकाले युवालाई स्वरोजगार बनाउन लगानी गर्ने भएको छ । आठबीस नगरक्षेत्रका अधिकांश युवा भारततर्फ जाने गरिरहेका बेला नगरपालिकाले ती युवालाई स्वरोजगार बनाउन लगानी गर्ने योजना बनाएको हो । 

Muktinath Bank

लोकान्तरसँग कुरा गर्दै आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले आठबीस समृद्ध बनाउन युवालाई सवरोजगार बनाउनुपर्ने बताए । आठबीस समृद्ध बनाउन युवालाई उत्पादनसँग जोडन आवश्यक छ । उनले भने, ‘त्यसैले यो वर्षदेखी नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडिन चाहने युवाहरुलाई आफुले गर्न चाहेको काम, आवश्यक पर्ने बजेटसहितको योजना नगरपालिकामा पेश गरेमा हामी लगानी गर्न तयार छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरप्रमुख उपाध्यायले आठबीस नगरपालिकाको वडा नं. १ देखि वडा नं. ५ सम्म रहेको कर्णाली राजमार्गको कुनै पनि स्थानमा अर्गानिक खाना खुवाउने गरी होटल सञ्चालन गर्न चाहेमा पनि नगरपालिका लगानी गर्न तयार रहेको बताए । ‘यो समय पर्यटनको हो । रारा जाने सयौं यात्रु अर्गानिक खाना खान चाहन्छन् ।’ उनले भने, यदि कोही युवाले अर्गानिक होटल सञ्चालन गर्छु भनेर आएको खण्डमा नगरपालिका लगानी गर्न तयार छ । तर, उनले उक्त होटलमा पुरै अर्गानिक बस्तुहरुमात्रै राख्न मिल्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘यहाँ अर्गानिकको नाममा अन्य वस्तु खुवाइँदै आइएको पाइएको छ ।’ उनले भने, तर हामीले लगानी गरेको होटलमा अर्गानिक बाहेक अन्य बस्तु ल्याउन पाइने छैन र उपभोक्ता अथवा ग्राहकलाई अर्गानिक बाहेक अन्य वस्तु विक्री गर्न पाइने छैन । उनले नगरपालिकाले ७० प्रतिशत लगानी गर्ने बताए । 

Vianet communication

कोही युवाले यस्तो काम गर्छु भनेर आएको खण्डमा ७० प्रतिशत तीन पुस्ते विवरण राखेर लगानी गरिनेछ । उनले भने, ‘नगरपालिकालाई उक्त व्यक्तिले आगामी पाँच वर्षभित्र उक्त रकम फिर्ता गरे हुन्छ । काम राम्रो गरेको खण्डमा आवश्यकता अनुसार नगरपालिकाले ऋण मिनाहा पनि गर्न सक्छ ।’

नगरप्रमुख उपाध्यायले लगानी गरेको व्यक्तिले रकम हिना मिना गरेको खण्डमा उसको जति पनि सम्पती छ त्यो नगरपालिकाले जफत गर्ने बताए । ‘हामीले ऋण लगानी गर्दा उसको नाममा भएको लालपुर्जा, उसको नभए उसको बुवाको नाममा भएको लालपुर्जा धरौटी राख्ने छौं ।’ उनले भने, यदि कसैले बदमासी गर्न खोजेको खण्डमा हामी त्यहि जायजेथा विक्री गरेर भएपनि हामी नगरपालिकाको ऋण असुली गर्नेछौं ।

उनले रारा जाने पर्यटकका लागि स्तरीय खानाको अभाव भइरहेको बताए । ‘हामीसँग मकै, कोदो, सिस्नु, आटो खेर गइरहेको छ ।’ उनले भने, ‘त्यहि खाना मात्रै पर्यटकलाई खुवाउने हो भने युवाहरुलाई रोजगार खोज्न भारत जानु पर्दैन । यहाँ चाउचाउ खानु भन्दा मकै तथा भटमासको खाजा भुटेर पर्यटकलाई खुवाउन सके आम्दान िपनि हुने र पर्यटकको स्वास्थ्य पनि राम्रो हुने पक्का छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x