माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
संसारभरि भुटानको पहिचान खुशी मुलुकका रूपमा रहेको छ । भुटानको प्रगतिको दर्शन कुल गार्हस्थ्य उत्पादन भन्दा पनि कुल राष्ट्रिय खुशीमा आधारित छ भनिन्छ ।
विदेशी पत्रकारहरू पनि भुटान संसारकै अनुपम देश मान्छन् र वातावरणको मापदण्डमा यो देश अरूभन्दा निकै अघि छ ।
तर यसो भन्दैमा भुटानका नागरिक व्यग्रता, अवसाद र मानसिक विकारबाट मुक्त छन् भन्न मिल्दैन ।
भुटानको राजधानी थिम्पुस्थित नेसनल रेफरल हस्पिटलको रेकर्ड हेर्दा थाहा हुन्छ – त्यहाँ व्यग्रता (एंजाइटी) र अवसाद (डिप्रेसन) का रोगी टन्नै आउँछन् । भुटानको वार्षिक स्वास्थ्य बुलेटिनका अनुसार, सन् २०१७ मा मानसिक रोगका ४२ सय केसहरू आए ।
आत्महत्या पनि यो देशमा अचेल खुबै हुन थालेको छ । प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दो छ ।
अन्य देशको जस्तो हजारौं मानिसले यहाँ आत्महत्या गर्दैनन् तर भुटानको जनसंख्याको हिसाबमा ठूलै मात्रामा आत्महत्या हुन्छ ।
भुटानको जनसंख्या पुननपुग १० लाख छ । जनसंख्याको अनुपातमा सय मानिसले आत्महत्या गरे भने पनि चर्कै आँकडा हो । भुटानमा आत्महत्याका केस हेर्दा त्यसको कारण अवसाद र मानसिक रोग नै देखिन्छ ।
द डिप्लोम्याटको एक रिपोर्टअनुसार, भुटानमा जम्मा चार मनोचिकित्सक छन् र एकजना पनि मनोवैज्ञानिक छैनन् । प्रशिक्षित मनोविद् पनि राजधानीमा मात्र सीमित छन् ।
हालै भुटान सरकारले मानसिक स्वास्थ्यमा बजेट पनि बढाएको छ ।
भुटानको स्वास्थ्य मन्त्रालयले आगामी पाँच वर्षका लागि मानसिक स्वास्थ्यमा ६ करोडको बजेट प्रस्ताव गरेको छ । भुटानमा मानसिक स्वास्थ्य सेवासँगै शिक्षा र जागरुकताका विषयमा धेरै काम गर्ने आवश्यकता छ ।
रिपोर्टमा भुटानको भाषा पनि समस्याका रूपमा रहेको लेखिएको छ । भुटानको राष्ट्रभाषा जोंखा हो तर यसका अनेकौं भाषिका छन् । यो भाषा र भाषिकाहरूमा मानसिक रोगलाई बुझाउने क्षमता नै नभएको बताइन्छ ।
द डिप्लोम्याटसँग कुरा गर्दै दुई मनोचिकित्सकले उनीहरूको भाषामा मानसिक स्वास्थ्यका लागि पर्याप्त शब्दावली नभएको बताए । मनोचिकित्सामा भुटानले दुई दशकअघि मात्र काम शुरू गरेको हो ।
मानसिक रोगको कुरा गर्दा भुटानी नागरिक पागलपनको शिकार छन् । पागलपनलाई मानिस कलंकका रूपमा हेर्छन् । भुटानमा मानसिक रोगमा कुनै बहस वा अभियान चलाइएको छैन । ग्रस नेसनल ह्याप्पिनेसमा मानसिक
स्वास्थ्यलाई नवौं स्थानमा राखिएको छ ।
भुटानमा मानसिक स्वास्थ्यको चिन्ता स्वास्थ्य मन्त्रालयको सन् २०१४ मा आत्महत्यासम्बन्धी प्रतिवेदनपछि झनै बढेर गयो । यसअघिको सरकारमा स्वास्थ्य मन्त्रालयले आत्महत्या रोक्नका लागि तीनवर्षीय योजना बनाएको थियो ।
त्यसको नाम राष्ट्रिय आत्महत्या रोकथाम कार्यक्रम थियो । भुटानमा आत्महत्या रोक्नका लागि कुनै हेल्पलाइन नम्बर छैन ।
भुटान आफ्ना अनेकौं विशेषताका लागि चिनिन्छ । यो बौद्ध देशमा संविधानमा प्रगतिको मापदण्ड खुशियालीसँग जोडिएको छ । विश्व स्वास्थ्य संगठनले आत्महत्या अत्यधिक गर्ने मानिसको देशमा भुटानलाई २१औं नम्बरमा राखेको
छ ।
एक्सप्लोरपार्ट्स अननोन डट् कमसँग कुरा गर्दै पहिलो मनोचिकित्सक चेंचो दोर्जीले भने, ‘परिवार र समुदायहरूको विभाजन नै भुटानीहरू अवसादग्रस्त हुने प्रमुख कारण हो । भुटान परिवर्तनको चरणबाट गुज्रिरहेको छ ।
परिवारसँग समय बिताउने मानिस अहिले सामाजिक सञ्जाल र मोबाइलमा समय बिताउँछन् । एक किसिमको दूरी आउन थालेको छ । मानसिक रोगले गाँजेपछि बल्ल मानिसहरू अस्पताल जान्छन् ।’
भुटानमा मानिसहरूको आम्दानी कम छ र विदेशी ऋण पनि बढ्दो छ ।
सन् १९९० को दशकमा नेपाली मूलका लगभग एक लाख मानिसलाई देशबाट निकालेकोमा पनि भुटानको आलोचना हुने गरेको छ । नेपालीहरूको संख्या बढेमा भुटानको बहुसंख्यक जनसंख्या अल्पसंख्यक हुने डर रहेको भुटानले
बताएको थियो ।
दोर्जी भन्छन्, ‘सन् १९९९ देखि ५३ सय मानिस अवसाद, मनोरोग र अन्य मानसिक रोगको शिकार भएका छन् । भुटानमा मनोरोगीको उपचारका लागि एक मात्र विभाग छ र रोगीको संख्या बढेको बढ्यै छ । लागूऔषधको लत,
चर्को शहरीकरण र बेरोजगारी जस्ता कुरा एकैचोटि आइलागेका छन् ।’
चेन्चोले सन् २००५ मा एउटा अनुसन्धान पेपरमा लेखेका थिए, ‘रक्सी भुटानी संस्कृतिको महत्त्वपूर्ण कुरा हो । बौद्ध परम्पराका ग्रन्थहरूमा रक्सीको प्रसंग आउँछ । मानिसहरू घरमै रक्सी बनाउँछन् । अहिले यो आम्दानीको माध्यम
पनि बनेको छ । अहिले यसको आयात पनि भइरहेको छ । रक्सी भुटानमा अत्यन्तै सुलभ छ ।’
डाक्टर चेन्चो दोर्जी भन्छन्, ‘अहिले पनि भुटानमा धेरै मामिलामा मध्यकालीन समाज छ । यहाँ अन्न दिएर सामान किन्ने प्रणाली अझै पनि लोकप्रिय छ । सन् १९६० को दशकको शुरूआतमा भुटानका राजाले बन्द मुलुक खोल्ने
फैसला गरे । भुटानमा आधुनिकताको शुरूआत त्यहीँबाट हुन्छ । धेरैजसो भुटानीहरू १७औं शताब्दीमै लगाउने लुगा लगाउँछन् । तर अहिले भुटानमा मानिस टीशर्ट र मिनीस्कर्ट पनि लगाउन थालेका छन् ।’
अनेकौं विशेषज्ञहरूले भुटानको खुशी त्यहाँको परम्परा र मौलिकतामा अडिएको मान्छन् । त्यहाँको मौलिकता र परम्परामा चोट पुगेमा भुटानीहरूमा अवसाद आइहाल्छ ।
बीबीसी हिन्दीमा प्रकाशित विश्लेषणको भावानुवाद
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...