तिहार र छठको अवसरमा एनआईसी एसिया रेमिटले ल्यायो आकर्षक अफर

कात्तिक २०, २०७५

काठमाडौं –ग्राहकहरूको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एनआईसी एसिया बैंकले तिहार तथा छठको अवसरमा थप सुविधा ल्याएको छ ।

अब ३ पटकको सट्टामा हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ । एनआईसी एसिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोबार सित्तैमा पठाउने छुट प्रदान गरेको छ ।


ADVERTISEMENT

उक्त विप्रेषण रकम बैंकका मुलुकभर फैलिएका २ सय ६५ शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखारहित बैंकिङ इकाइ एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रूपमा भुक्तानी पाउन सकिने छ ।

यस सुविधा कात्तिक र मंसिर महिनासम्मका लागि लागू हुनेछ । यो सुविधाबाट चाडपर्वको समयमा पैसा पठाउँदा उच्चतम् लाभान्वित हुने र झन्झटरहित तरिकाबाट सजिलै पैसा पठाउन र पाउन सकिने बैंकले जानकारी गराएको छ । साथै यस योजना २०७५ साल कात्तिक १८ गतेदेखि २०७५ साल मंसिर २९ गतेसम्म लागू हुनेछ ।

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यस बैंकको वासलातको आकार २०० अर्बभन्दा बढी पुगेको बैंकले दाबी गरेको छ । कूल निक्षेप करीब १६७ अर्ब तथा कर्जा १४२ अर्ब पुगेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करीब १३ लाख ५० हजार रहेको छ ।

कात्तिक २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस