×

NMB BANK
NIC ASIA

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिउ वितरण शुरू भएको छ ।

Muktinath Bank

नगर कार्यपालिकाको ४७औं बैठकको निर्णयअनुसार मंगलबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण शुरू भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलबारबाट आनन्दवन सहकारी संस्था लिमिटेडले अनुदानको गहुँको बिउ बिक्री शुरू गरेको छ भने कोटिहवास्थित जनविकास सहकारी संस्था लिमिटेडले केही दिनभित्रै बिक्री शुरू गर्ने जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

आनन्दवन सहकारीले वडा नं. १ देखि १० र जनविकास सहकारीले वडा नं. ११ देखि १७ सम्म अनुदानमा गहुँको बिउ किसानलाई बिक्री गर्नेगरी व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । 

Vianet communication
Laxmi Bank

मंगलबार मणिग्रामस्थित आनन्दवन सहकारी संस्थामा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव घिमिरेले बड्का केवट, हरि कंडेल र टेका प्रसाद अर्याललाई एक÷एक बोरा बिउ उपलब्ध गराएर वितरण कार्य शुरू गरे ।

नगरपालिकाले दुई सहकारीसँगको सहकार्यमा सिफारिस गरिएको उन्नत जातको सुधारिएको गहुँको बीउमा किसानलाई अनुदान दिएको हो । 

नगरपालिकाले अनुदानका विषयमा व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । 

नगरपालिकाले यस वर्ष करीब ७ सय क्विन्टल अनुदानको गहुँको बिउ किसानले सहकारीमार्फत् लैजाने अपेक्षा गरेको छ । 

गहुँ खेती गर्ने किसानहरुले आवश्यक कागजातको आधारमा अनुदानको बिउ प्राप्त गर्न सक्नेछन् । 

गहुँको बिउ वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले किसानलाई व्यवसायिक बनाउन र केही राहत दिन बिउमा अनुदान दिइएको बताए । 

नगरपालिकाको कृषि समितिले किसानलाई अनुदानमा गहुँको बिउ उपलब्ध गराउन सिफारिस गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x