बिहेको हल्ला चल्दै गर्दा डिनर डेटमा गए मलाइका र अर्जुन

कात्तिक २२, २०७५

काठमाडौं — बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोरा एकअर्कासँग सार्वजनिक स्थानमा देखिन थालेका छन् । उनीहरू सँगै भएका तस्वीर सार्वजनिक हुन थालेका छन् । 

केही दिनअघि उनीहरू मिलानको विमानस्थलमा सँगै देखिएका थिए । नयाँ तस्वीरहरूमा पनि उनीहरू एकदमै निकट देखिन्छन् । दुवैजनाले बिहे गर्ने हल्ला चलिरहेको बेलामा यसले त्यसमा बल पुगेको छ । 

नयाँ तस्वीर उनीहरूको डिनर डेटको हो । डिनर गरेर फर्किदैं गर्दा उनीहरूको तस्वीर खिचिएको थियो । तस्वीरमा अर्जुन मलाइकाप्रति निकै प्रोटेक्टिभ देखिन्छन् । उनीहरूले एकअर्काको हात समातेको देखिन्छ र उनीहरूको प्रेम प्रस्टिन्छ । 

दुवैले सन् २०१९ को अप्रिल महिनामा बिहे गर्ने चर्चा चलेको छ । 

केही दिनअघि एउटा टेलिभिजन रियालिटी शोमा अर्जुन र मलाइका हातमा हात खापेर उभिएको देखिएको थियो । त्यतिखेर उनीहरूको निकटताले सबैको ध्यान खिचेको थियो । मलाइका उक्त शोकी जज हुन् । 

एजेन्सी
 


ADVERTISEMENT

कात्तिक २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार