खतरनाक चरा : शिकारलाई काँडामा घोचेर आरामले खाइदिन्छ

कात्तिक २२, २०७५

काठमाडौं — श्राइक नामक चरालाई बगरे चरा भनी चिनिन्छ । 

यसले आफ्नो शिकारलाई समातेर काँडा वा झाडी वा हाँगामा लगेर घोच्ने अनि शिकारको शरीरलाई टुक्रा टुक्रा बनाउने काम गर्छ । 

श्राइक चराले शिकारलाई घोचेर वा उनेर छोड्ने अनि पछि आएर बिस्तारै आरामसँग खाने गर्छ । उसले मुसा, साना चरा र कीराहरूलाई शिकार बनाउँछ । 

श्राइक चराको तस्वीर नेचर फोटोग्राफर डंकन अशरले आफ्नो जर्मनीस्थित कास्सेलमा रहेको घरमा खिचेका हुन् । 

उनले भने, ‘श्राइकले जमीननजिक उडेर शिकार खोज्छ अनि झ्याप्पै आक्रमण गरेर आफ्नो शक्तिशाली चुच्चोले हानेर मारिदिन्छ । त्यसपछि उसले शिकारलाई काँडा जस्तो चुच्चो ठाउँमा लगेर सिउरिन्छ र लतार्दै आन्द्राभुँडी निकाल्छ ।
पछि उसले त्यसलाई आरामले खान्छ ।’

द डेली मेलबाट
 


ADVERTISEMENT

कात्तिक २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार