×

NMB BANK
NIC ASIA

मुस्ताङ खुलेपछि कुश्मामा पर्यटकको घुइँचो, पुल हेर्न मात्रै भारतदेखि आउँछन् मानिस

कात्तिक २२, २०७५

NTC
Premier Steels

कुश्मा– तीजपछि तिहार शुरु हुँदासम्म पर्वत कुश्मा क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको छ । 

Muktinath Bank

कुश्मामा रहेका अग्ला तथा लामा तीन पुल, केबलकार ढाँचाको यान्त्रिक पुल, गुप्तेश्वर गुफा, कालिका मन्दिर, गलेश्वर धाम र पञ्चकोट जाने पर्यटक बढेपछि कुश्माका होटलसमेत भरिभराउ भएका छन् । त्यति मात्र नभएर माटोको शहरका रुपमा परिचित मुस्ताङमा सडक सञ्जालसँग जोडिएसँगै मुक्तिनाथ, लोमान्थाङ, कोरल्ला जाने पर्यटकसमेतका कारण कुश्माका होटल व्यस्त भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“यहाँका पुलका अलवा, बागलुङ, म्याग्दी र मुस्ताङसमेत जाने पर्यटकहरु कुश्मामा वस्न रुचाउँछन्,” होटल बन्दना प्रालिका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले भने, “मुस्ताङ खुलेपछि त हामीलाई एकछिन् फुर्सद छैन, होटल कुनै दिन खाली हुँदैन ।” 

यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । धौलागिरि क्षेत्रको प्रवेशद्वार मानिएको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । मुस्ताङ पोखराबाट हवाई यात्रा गरेर जान सकिने भएपनि यात्रुले उक्त यात्रा जोखिमपूर्ण मान्दै आएका छन् । 

पैदलयात्रीहरु बागलुङ, म्याग्दी होस् वा मुस्ताङ जहाँ भए पनि जाँदा वा आउँदा अग्ला पुलका कारण कुश्मामा झर्ने गरेको होटल व्यवसायी विषमकुमार श्रेष्ठ बताउँछन् । अरू बेला पनि आन्तरिक पर्यटक कुश्मामा निकै आउने गरेका छन् । उनले भने, “मुस्ताङ खुलेपछि त कुश्माका राम्रा होटल कुनै खाली हुँदैनन् ।” 

कुश्मा बजारका बेञ्जु, बन्दना, न्यू फ्रेण्डली, गोल्डेन, व्रिजभ्यूलगायत होटल तीज लागेसँगै भरिभराउ हुन थालेका हुन् । उपल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्यामा पनि पछिल्लो समय निकै बढेको छ । मुस्ताङ जान कुश्मा, बेनी, घाँसा हुँदै जोमसोम जानुपर्ने हुन्छ । मुस्ताङ जानेहरु चिसो मौसम शुरु हुनु अगावै त्यहाँ पुग्न रुचाउँछन् । दैनिक मोटरसाइकलमा मात्रै सयौँको सङ्ख्यामा पर्यटक मुस्ताङ घुम्न जान थालेका पर्वतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । उनका अनुसार दैनिक बस, मोटरसाइकल र जीप गरी झण्डै चारसय हाराहारीमा मुस्ताङतर्फ गएका छन् । 

विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने मुस्ताङ हिजोआज स्वदेशी पर्यटकको समेत रोजाइमा परेको छ । प्राचीनकालमा निर्माण गरिएका गुम्बा, काँचो माटोबाट निर्मित घर, दरबार र घरका रूपमा प्रयोग भएका गुफा मुस्ताङको आकर्षण हो । स्थानीय कला र हिमाली संस्कृतिको अध्ययन, अनुसन्धानका लागि पनि सो क्षेत्र महत्वपूर्ण मानिन्छ । चिनियाँ पर्यटक लुम्बिनी र भारतीय पर्यटक मुक्तिनाथ भित्र्याउँदै मानसरोवार, दामोदर कुण्ड पुर्‍याउने लक्ष्यसाथ निर्माण भएको कालीगण्डकी करिडोरले समेत मुस्ताङ तथा कोरल्ला नाकाको चर्चा बढाएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x