पूर्वराजा ज्ञानेन्द्रले किन लगाए बेग्लै साइतमा टीका ?

कात्तिक २३, २०७५

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीको हातबाट भाइटीका लगाएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत निकाले पनि  ज्ञानेन्द्रले फरक समयमा टीका लगाए । 

उनले बिहान ९ बजेर ४० मिनेटको साइतमा बहिनी शाहीको निवासमा गएर भाइटीका लगाएका हुन् । 


ADVERTISEMENT

राजपरिवारमा राजपुरोहितले जुराएको साइतमा टीका लगाउने परम्परा रहेकाले समय फरक पर्न गएको बताइएको छ । 

कात्तिक २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस