×

NMB BANK
NIC ASIA

अष्ट्रेलिया जान चाहने विद्यार्थीले फेयरमा विश्वसनीय सूचना पाउँछन्– अध्यक्ष लामिछाने [अन्तर्वार्ता]

कात्तिक २७, २०७५

NTC
Premier Steels

सन् २००५ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी अष्ट्रेलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले यही मंसिर १ गते शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्दै छ । काठमाडौं बाहेक पोखरा, बुटवल र चितवन तथा अष्ट्रेलिया स्थित सिड्नी, पर्थ, मेलवर्न र एडिलेडमा समेत शाखा कार्यालयहरू खोलेर हजारौं विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गरिरहेको ई—प्लानेटले आफ्नै कार्यालय बागबजारमा गर्न गइरहेको फेयरको विषयमा ई—प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानेसँग गरिएको कुराकानीको सम्पादित अंशः 

Muktinath Bank

ई—प्लानेटले आयोजना गरेको ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ के अर्थमा महत्वपूर्ण छ ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै पनि एजुकेसन फेयरको मुल उद्देश्य भनेको सम्बन्धित क्षेत्रको शैक्षिक विषयमा जानकारी प्रदान गर्नु नै हो । ई—प्लानेटले आगामी मंसिर १ गते शनिवार आयोजना गर्ने गइरहेको ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटिज फेयर २०१८ मा पनि हामीले अष्ट्रेलियामा उच्चशिक्षा अध्यापन गराउँदै आइरहेका विभिन्न विश्वविद्यालय तथा कलेजहरूको विषयमा जानकारी प्रदान गर्छाैं । एउटै थलोमा विभिन्न विश्वविद्यालय र विषयहरूको जानकारी प्राप्त गर्ने अवसरले विद्यार्थीहरूलाई सहजता प्रदान गर्छ । यो फेयरमा अष्ट्रेलियमा उच्चशिक्षा प्रदान गरिरहेका कलेज तथा विश्वविद्यालयहरूका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । विद्यार्थीहरूले सम्बन्धित शैक्षिक संस्थाकै प्रतिनिधिहरूसँग प्रतक्ष्यरूपमा संवाद गर्न पाउनेछन् । आफूले पढ्न चाहेको विषयका लागि कुन कलेज ठिक हुन्छ ? शैक्षिक सिकाइ कस्तो छ ? सम्बन्धित विषय पढ्नका लागि के कस्ता सहुलयितहरू प्राप्त गर्न सकिन्छ ? लगायतका विषयहरू विद्यार्थीहरूले स्पष्ट रूपमा बुझ्न पाउँछन् । 


Advertisment
Nabil box
Kumari

अष्ट्रेलिययन एजुकेसनसँग सम्बन्धित विभिन्न फेयरहरू भइनै रहेका छन्, अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थी ई—प्लानेटले सञ्चालन गरेको फेयरमा किन आउने ? 

Vianet communication

हो, अहिले अष्ट्रेलियन एजुकेसनसँग सम्बन्धित धेरै फेयरहरू भइरहेका छन् । त्यस्ता फेयरहरूले पनि अष्ट्रेलियन एजुकेसनसँग सम्बन्धित सूचनाहरू प्रवाह पनि गरेका छन् । तर, ती सूचना र जानकारीहरू कति तथ्यपरक छन् ? ती सुचनाहरूले विद्यार्थीहरूको आवश्यकतालाई सम्वोधन गरेका छन् कि छैनन् भन्ने विषयमा स्वयम अभिभावक र विद्यार्थीहरू नै चनाखो हुनुपर्छ । जहाँसम्म ई—प्लानेटलले सञ्चालन गर्न गइरहेको फेयरमा किन आउने भन्ने सवाल छ, त्यसमा म के भन्छु भने हामीले अष्ट्रेलियका कलेज तथा विश्वविद्यालयहरूबाट नै प्रतिनिधिहरू बोलाएर नेपाली विद्यार्थीहरूलाई ‘फस्ट हेन्ड’ इन्फरमेसन दिन खोजिरहेका छौं । विद्यार्थीको आर्थिक र शैक्षिक सामथ्र्य अनुसार कस्तो ठाउँ, कलेज र विषय छनौटगर्दा राम्रो हुन्छ भन्ने स्पष्ट जानकारी दिन्छौं । सम्पूर्ण परिवेश र अवस्थाको जानकारी गराएर विद्यार्थीलाई आफू अनुकुलको निर्णय गर्न सक्नेगरी सुचित गर्छाैं । 

अष्ट्रेलियन एजुकेसनसँग सम्बन्धित शैक्षिक परामर्शका लागि कैयौं कन्सलटेन्सिहरू क्रियाशील छन्, एउटा विद्यार्थीले ई—प्लानेटलाई नै किन रोज्ने ?

ई—प्लानेटले सन् २००५ देखि नै अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । हामीले विद्यार्थीहरूलाई प्रदान गर्ने सेवा र परामर्श अल्पकालिन हुँदैन । हामीहरू विद्यार्थीलाई दीर्घकालिन हितमा आधारित रहेर परामर्श दिन्छौं । आज अथवा भोलि सजिलो हुनेभन्दा पनि उसको करिअर कसरी बन्छ ? उ ग्राजुएट भइसकेपछि उसको भविश्य कसरी निर्माण हुन्छ भन्ने विषयलाई मध्यनजर गरी हामीहरू काम गरिरहेका छौं । 

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान ई—प्लानेट के के आधारमा विश्वसनीय छ ? 

हामी यो यो कारणले विश्वसनीय छौं भनेर हामीले भन्नुभन्दा पनि सन् २००५ बाट हाम्रो सेवा मार्फत अष्ट्रेलिया अध्ययन गर्न जानु भएका विद्यार्थी र अभिभावकहरूले नै हाम्रो वारेमा वताउन सक्नुहुन्छ । हामीले कस्तो सेवा दियौं ? यहाँ परामर्शको क्रममा हामीले भनेका कुराहरू अष्ट्रेलिया जाँदा प्राप्त भयो कि भएन ? हामीमार्फत जानु भएका विद्यार्थीहरू अहिले कस्तो जिन्दगी विताईरहनु भएको छ  ? यस्ता कुराहरूलाई अध्ययन गर्ने वित्तिकै हाम्रो विश्वसनीयताको पाटो स्पष्ट हुन्छ । हामी सम्पूर्ण अभिभावक र विद्यार्थीहरूलाई हाम्रो विगतको वारेमा अध्ययन गर्न आह्वान गर्दछौं । 

ई—प्लानेटले काठमाडौंमा मात्र सेवा प्रदान गरिरहेको छ कि अन्यत्रबाट पनि सेवा दिइरहेको छ ? 

ई—प्लानेटको नेपालमा पोखरा, बुटवल र चितवनमा शाखा कार्यालयहरू छन् । त्यसैगरी नेपालबाट अष्ट्रेलिया पढ्न गइसकेपछि पनि विद्यार्थीहरूलाई कुनै समस्या पर्न सक्छ । उनीहरूलाई प्रशासकीय सहयोगदेखि परामर्श पनि प्रदान गर्नुपर्ने अवस्था आउनसक्छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै अष्ट्रेलियामा पनि सिड्नी, पर्थ, मेलवर्न र एडिलेडमा शाखा कार्यालयहरू स्थापना गरेका छौं । यसरीहेर्दा हामीले नेपालबाट विद्यार्थीहरूलाई अष्ट्रेलिया पठाउनु मात्रलाई उपलब्धी वा आफ्नो दायित्व मानेका छैनौं । हामीले त अष्ट्रेलिया पुगेसकेपछि पनि विद्यार्थीको करिअर निर्माणमा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ आफ्नो संरचना, विधि र प्रकृयालाई विस्तारित गरेका छौं । 

तपाईहरूको करीब तेह्र वर्षको अनुभवको आधारमा अष्ट्रेलिया जाने विद्यार्थीहरूसँग के कस्ता चुनौतिहरू देख्नुहुन्छ ? 

अष्ट्रेलिया जाने विद्यार्थीहरूको मुख्य समस्या भनेकै उनीहरूले यथेष्ट अनुशन्धान र सुचना नलिईकनै अष्ट्रेलिया जानु हो । सुचना भन्ने वित्तिकै कलेज र विश्वविद्यालयको जानकारी मात्र होइन । त्यहाँको सँस्कृति, भूगोल, जीवनशैली लगायतका विषयमा जानकारी लिएर जाने विद्यार्थी त्यहाँ सजिलै घुलमिल हुन सक्छ । उसले सजिलै अवसरहरू पहिल्याउन सक्छ । तसर्थ अष्ट्रेलिया उच्चशिक्षा लिन जाने हरेक विद्यार्थी  यथेष्ट जानकारी र सुचना लिएर जानु जरुरी छ । अर्काेतर्फ विद्यार्थीहरूले को मार्फत र कसरी आफू जान लागिएको छ भन्ने कुरामा पनि ख्याल पुर्‍याउनु पर्छ । यसो नगरे विभिन्न समस्याहरू आउन सक्छन् ।

मंसिर १ गते हुन गइरहेको ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ मा अष्ट्रेलियाका कति वटा विश्वविद्यालय र कलेजहरूको उपस्थिति रहने छ ?

ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ मा अष्ट्रेलियका पैंतिस वटा कलेज र विश्वविद्यालयहरूको सहभागिता रहने छ । जसमा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, ल्याट्रोब युनिभर्सिटी अष्ट्रेलिया, युनिभर्सिटी अफ ओलोङ्गोङ अष्ट्रेलिया, चाल्र्स स्टर्ट युनिभर्सिटी, स्टडी सेन्टर, फेड्रेसन युनिभर्सिटी अष्ट्रेलिया, साउर्थन क्रस युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, युटियस इन्सर्च युनिभर्सिटी, न्याभिटास, एक्सेल्सीया कलेज, आइसिएचएम, द होटल स्कुल, मेलवर्न ईन्टिच्यूट अफ टेक्नोलोजी लगायत प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरूको सहभागिता रहनेछ । 

फेयरमा उपस्थित हुने विद्यार्थीहरूले परामर्श र जानकारी बाहेकका अन्य सुविधाहरू पनि प्राप्त गर्छन् ? 

पक्कै पनि ! फेयर भ्रमण गर्ने विद्यार्थीहरूलाई हामीले विभिन्न सेवा सुविधाहरूको ब्यबस्था गरेका छौं । उदाहरणका लागि फेयरमा आएर युनिभर्सिटी अफ टेक्नोलोजि सिड्नी छनौट गर्ने विद्यार्थीहरूलाई युनिभर्सिटीले एप्लिकेसन फि निशुल्क गरिदिएको छ । त्यसैगरी हामीले हरेक विद्यार्थीहरूलाई ई—प्लानेट  प्रिभिलेज कार्ड वितरण गर्छाै । जसमार्फत इ—प्लानेटले प्रदान गरिरहेका सेवाहरूमा विशेष सहुलियत प्राप्त गर्न सकिन्छ । अर्काेतर्फ हामीले आकर्षक गिफ्ट ह्याम्परको पनि ब्यवस्था गरेका छौं । 

अन्त्यमा, ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ सँग सम्बन्धित रहेर विद्यार्थी र अभिभावकहरूलाई केही भन्नु छ कि ? 

ई—प्लानेटले उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरूलाई विगत तेह्र वर्षदेखि सेवा प्रदान गरिरहेको धेरै अभिभावक र विद्यार्थीहरूलाई थाहा नै छ । हामीहरू उच्च शिक्षाको क्षेत्रमा मात्र कार्य गरिरहेका छौं । यो फेयरले ‘फस्ट हेन्ट’ जानकारी प्राप्त गर्न सकिने अवसर जुटाएको छ । तसर्थ विद्यार्थी तथा अभिभावकहरूलाई यही मंसिर १ गते विहान १० बजेबाट साँझ पाँच बजेसम्म ई—प्लानेटको कार्यालय बागबजारमा सञ्चालित हुने ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ भ्रमणगरी अवसरको सदुपयोग गर्न अनुरोध गर्दछौं । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x