पत्रकार खशोग्गीको हत्यामा सिरिन्ज र कैैंची प्रयोग गरिएको खुलासा

कात्तिक २८, २०७५

काठमाडौं — साउदी पत्रकार जमाल खशोग्गीको हत्या विषयमा टर्कीको एक पत्रिकाले नयाँ दाबी गरेको छ । 

सबह पत्रिकाका अनुसार, इस्तानबुल गएका १५ सदस्यीय साउदी टोलीले कैंची र सिरिन्ज बोकेका थिए । खशोग्गी हत्यामा यी कुराहरू प्रयोग भएको हो । 

सबहले मंगलवार साउदी दलको सामानको एक्सरे तस्वीर छापेको थियो । 

साउदी दलको सामान दुई विमानमा राखिएको र ती विमान अक्टोबर २ मा रियादबाट उडेर इस्तानबुल आएको सबह पत्रिकाले लेख्यो । 

खशोग्गी बिहेको कागजात बनाउनका लागि इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास अक्टोबर २ मा पसेदेखि बेपत्ता छन् । धेरैपटक अस्वीकार गरेपछि बल्लतलल साउदीले ५९ वर्षीय पत्रकार खशोग्गीको हत्या भएको स्वीकार गरेको थियो । 

टर्कीका राष्ट्रपति रजब तैयब अर्दोआनका अनुसार, १५ सदस्यीय टोली खशोग्गीको हत्या गर्नका लागि रियादबाट इस्तानबुल आएको थियो । हत्यासम्बन्धी अडियो रेकर्डिङ विभिन्न देशलाई सुम्पिएको अर्दोआनले बताएका छन् ।

एजेन्सी
 


ADVERTISEMENT

कात्तिक २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस