सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो

कात्तिक २९, २०७५

काठमाडौँ-राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
 रौतहटबाट पक्राउ परेका राउतलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो । 

राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । 


ADVERTISEMENT

अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदातलको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइका शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए । 

कात्तिक २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस