×

NMB BANK
NIC ASIA

बार्सिलोनामा मेस्सीका १५ वर्ष : आफूलाई समयानुकूल परिवर्तन गर्ने 'एलियन'

मंसिर २, २०७५

NTC
Premier Steels

काठमाडौं –बार्सिलोनाका लागि एक मैत्रीपूर्ण खेलमा लियोनेल मेस्सीले डेब्यु गरेको १५ वर्ष बितिसकेको छ । उनी अझै सशक्त रूपमा खेलिरहेका छन् । उनले सशक्त खेल देखाइरहँदा उनी एलियन हुन् भन्ने सिद्धान्त नै बनेको छ । 

Muktinath Bank

मेस्सीले नाओ क्याम्पमा पोर्टोविरुद्ध खेलेको उक्त खेलपछि अनगन्ती कीर्तिमान तोडिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बार्सिलोनाका लागि सर्वाधिक गोल (५६६), ला लिगा (३९२) र अर्जेन्टिना (६५) का साथ उनले पाँचचोटि बलोन दोर जितिसकेका छन् भने बार्साका लागि ३३ ट्रफी जितिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

अहिले ३१ वर्ष भइसकेका मेस्सीले सुस्ताउने कुनै लक्षण देखाएका छैनन् । यस सीजनमा खेलेका १३ खेलमा उनले १४ गोल गरिसकेका छन् । उनी ला लिगामा संयुक्त शीर्ष गोलकर्ता हुन् र उनले प्रत्येक ८७ मिनेटमा गोल गरेका छन् । हात भाँचिएर तीन हप्तासम्म खेल्न नपाउँदा पनि उनको राम्रो रेकर्ड छ । 

Vianet communication

उनले यो सबै कसरी गर्छन् त ?

यसको एक सम्भावित व्याख्या स्पेनी फूटबल लेखकहरू एन्डी वेस्ट र गिलेम बलागेले बीबीसी रेडियो ५ को लाइभ फूटबल डेली पोडकास्टमा गरेका छन् । यी दुवैले मेस्सीमाथि किताब समेत लेखेका छन् । 
‘उनी एलियन हुन् भन्ने एउटा सिद्धान्त छ । नभए कसरी उनी यस्तो खेल खेल्न सक्छन् त ?’ वेस्टले भने । ‘बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले विशेषगरी त्यो सिद्धान्त प्रतिपादन गरेका हुन् ।’

बलागेले थपे, ‘एलियन सिद्धान्तको कुरा गर्दा मैले मेरो किताबमा मेस्सी बन्नका लागि तपाईंले ११ वटा काम गर्नुपर्ने हुन्छ भनी लेखेको छु । उनी एलियन हुनुपर्छ भन्ने विषयमा पनि लेखेको छु । एलियनले मात्र त्यस्तो उपलब्धि हासिल गर्न सक्छ ।’

‘सही परिवार र फूटबल सन्दर्भ । उनको परिवार लगभग अस्ट्रेलिया बसाईं सरिसकेको थियो । त्यहाँ जन्मेका भए उनी अहिलेको जस्तो मेस्सी हुन्थे त ? हुँदैनथिए होलान् । अर्जेन्टिनामा चाहिँ पक्कै हो । यस्तो फूटबल खेल्नका लागि तपाईंसँग उत्प्रेरणा, महत्त्वाकांक्षा, नियमित प्रयास, प्रतिबद्धता, बलिदान, नेतृत्व, भावनात्मक बुद्धिमत्ता, जिन र भाग्य चाहिन्छ ।’

‘त्यो सबै कुरा मिसाएपछि बल्ल तपाईं मेस्सी बन्न पाउनुहुन्छ । किन अहिले धेरै मेस्सी छैनन् ? किनकि त्यो सबै गुण एकजनामा हुन असम्भव छ ।’

‘उनी पहाडबाट झरिरहेको पत्थर जस्ता हुन् । उनलाई रोक्न असम्भव थियो र उनले आफ्नो बाटोमा आएको सबै कुरालाई ध्वस्त पार्थे ।’

मेस्सीले बार्सिलोनाका लागि ६५० खेलमा २१९ गोलको वातावरण मिलाएका छन् । नाओ क्याम्पमा उनले ५ जना व्यवस्थापकमुनि बसेर खेलेका छन् । आन्द्रेस इनिएस्ता हिँडेपछि उनी अहिले क्लबको कप्तान भएका छन् । 

वेस्टले भने : ‘उनी नयाँ परिस्थिति, नयाँ प्रशिक्षक, नयाँ सहखेलाडी, नयाँ खेल पोजिसन सबैमा अनुकूल हुन सक्छन् र त्यो एकदमै महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ ।’ 

‘इतिहासकै महानतम् खेलाडी परिवर्तनका लागि तयार हुन्छन् भने हामी पनि हुनुपर्छ । उनले फल्स नाइन पोजिसनमा खेलेर सन् २०१२ मा एक वर्षमै ९१ गोल गरे तर त्यसले काम गर्न छोडेपछि त्यसलाई त्यागे ।’

‘नियमित रूपमा उनले प्रत्येक दुई वा तीन वर्षमा उनले नयाँ भूमिका अपनाएका छन् । उनले यो सबै आफैं छानेका हैनन् । यो कुनै मास्टरप्लानको रूपमा आएको हैन । उनले परिस्थितिहरूमाथि प्रतिक्रिया जनाएका हुन् ।’

‘शुरूका दिनमा उनी ड्रिबलर थिए । उनी अरू काम पनि गर्न सक्थे । यसलाई अलिक सरलीकृत गरेर भन्दा उनको सोच भनेकै बल लिने अनि बेतोडसँग गोल गर्न दौडिनेमै केन्द्रित थियो ।’

‘स्पेनी भाषामा एउटा शब्द छ – पाउजा । त्यो भनेको ठ्याक्क रोकिने अनि खेलको परिस्थिति बुझ्ने हो । उनीसँग त्यो क्षमता थिएन । तर अहिले यत्तिका वर्षपछि उनले आफ्नो खेलका अन्य पक्ष पनि विकसित गरेका छन् । उनी अझै पनि ड्रिबल गर्न सक्छन् तर उनको बल पास गर्ने क्षमता झनै बढेको छ ।’ 

‘पहिलेको जस्तो मैदानको बीचबाट अरू खेलाडीभन्दा अगाडि कुद्न सक्ने क्षमता उनमा शायद छैन । सन् २००७ मा गेटाफेविरुद्धको खेलमा उनले त्यसो गरेका थिए । तर उनी विपक्षी टोलीलाई नै छक्याइदिन सक्छन् । उनी अहिले झन् पूर्ण खेलाडी हुन् र आगामी केही वर्षमा हामीले उनको यस्तो खेल अझै देख्न पाउँछौं ।’ 

नाओ क्याम्पमा मेस्सीको प्रभाव यस्तो छ कि व्यवस्थापक अर्नेस्टो भाल्भेर्देले समेत कप्तान नै कुरा जान्दछन् भनी स्वीकारेका छन् । 

बलागेले भने, ‘अहिले मेस्सी नै समाधान हुन् । उनले बुझे जस्तो गरी अरू कसैले पनि खेल बुझ्दैनन् ।’

‘भाल्भेर्देले मलाई एउटा कुरा भनेका थिए । मेस्सी त बेन्चमै बसेर कमेन्ट्री गरिदिन्छन् । सेभियाविरुद्धको एउटा खेलमा उनी अन्तिम आधी घन्टाका लागि मैदान पसेका थिए र उनले खेललाई पूरै परिवर्तन गरिदिए ।’

‘भाल्भेर्देले मेस्सीलाई यसो गर्नू, उसो गर्नू भन्न थाले । थाहा छ, लियो, तिमीले... तिमीले... ओहो, ल, जे गर्नुपर्ने हो गर ।’

‘उनले मेस्सीलाई हेरे अनि सोचे : मैले यो मान्छेलाई के व्याख्या गरिरहनुपर्छ र ?’

मेस्सी अहिले अर्जेन्टिनाबाट ब्रेक लिएका छन् । उनले अर्जेन्टिनाका लागि खेलेको १२८ खेलमा कुनै पनि उपल्लो दर्जाको ट्रफी जितेका छैनन् अनि चारवटा फाइनलमा हारेका छन् । उनले बार्सिलोनामा सन् २०२१ सम्म खेल्ने सम्झौता गरेका छन् । उनी बच्चा हुँदा खेलेको नेवेल्स ओल्ड बोइजबाट मात्र खेल्ने सम्भावना रहेको बताउँछन् । 

वेस्टले भने, ‘मेस्सीको कथाले हामीलाई बताउँछ, उनले भविष्यमा के गर्छन् भनी भविष्यवाणी गर्नु मूर्खता हुन्छ ।’

‘उनीमाथि भएका परिवर्तन सबै थोपरिएका हुन् । यो बार्सिलोना टीम कसरी विकसित हुन्छ हामीलाई थाहा छैन । उस्मान देम्बेले महत्त्वपूर्ण खेलाडी भए भने मेस्सीले खेल्ने तरिका परिवर्तन गर्न बाध्य हुनुपर्नेछ ।’

बीबीसीमा प्रकाशित विश्लेषणको भावानुवाद

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x