×

NMB BANK
NIC ASIA

ठेकेदारको लापर्वाहीले धारापानी सिँचाइ योजना अलपत्र, दुई पटक म्याद थप्दा पनि काम सकिएन

मंसिर ३, २०७५

NTC
Premier Steels

भीमदत्तनगर-निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले समयसीमा दुईपटक थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो । 

दोस्रोपटक काम गर्न थप गरिएको समय सकिएर आठ महीना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ । 

“आशिष कन्ट्रक्सनलाई दोस्रोपटक काम सक्ने गत फागुन १० गतेसम्म म्याद दिइएको थियो”, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरका सूचना अधिकृत इञ्जीनियर ग्रिष्मा ठगुन्नाले भन्नुभयो, “कार्यालयबाट पनि मौखिक र लिखितरुपमा ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा आएनन् ।” 

सिँचाइ आयोजनाको नहर, कल्र्भटलगायत अन्य पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसँग २०७२ असार २५ गते रु चार करोड १५ लाखका सम्झौता भएको इञ्जीनियर ठगुन्नाले जानकारी दिनुभयो । 

“शुरुआतमा सम्झौता गर्दा विसं २०७३ असोज महीनासम्मको म्याद थियो”, उहाँले भन्नुभयो, “तोकिएको मितिमा काम नसक्ने भएपछि पुनः २०७४ फागुन २७ गतेसम्मको म्याद दिइएको थियो ।” दुवै म्याद सकिएको आठ महीना बितिसक्दा निर्माणका चासो नदेखाएपछि कार्यालयबाट लिखितरुपमा ताकेता गरिएको थियो । 

“निर्माण कम्पनीले करीब ६० प्रतिशत काम सकेर रकम भुक्तानसमेत भइसकेको छ ।” ठगुन्नाले भन्नुभयो, “४० प्रतिशत काम अझै गर्न बाँकी नै छ ।” केही दिनअघिमात्रै निर्माण कम्पनीका सञ्चालक टेकबहादुर सेटी सम्पर्कमा आएको कार्यालयको भनाइ छ ।  

Muktinath Bank

सो क्षेत्रको ३०० हेक्टर जमीनमा सिँचाइ पुग्नेगरी निर्माण गर्न लागिएको योजना समयमा पूरा नहुँदा स्थानीयवासी भने चिन्तित बनेका छन् । “ठेकेदारले नहर बनाउन ल्याएका सामानसमेत धारापानी क्षेत्रमा अलपत्र छन् ।” दोमिल्लाका स्थानीय भीमदत्त भट्टले भन्नुभयो, “नहरमा पानी बग्ने बेला कामसमेत पूरा नहुनु राम्रो कुरो होइन ।” दुई प्याकेजमा निर्माणको ठेक्का दिइएको उक्त सिँचाइ योजनाको कामको जिम्मा पाएको भीमदत्तनगरस्थित पृथ्वी महरा जेभीले समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ । 

पृथ्वी महरा जेभीले रु एक करोड २० लाखबढीको काम गत २०७३ असोजमै सम्पन्न गरिसकेको थियो । खानेपानीको समस्यासमेत रहेको दोमिल्ला क्षेत्रमा स्थानीयवासी दशकौँदेखि आकाशको पानीको भरमा खेती गर्दै आएका छन् । “बस्तीको उत्तर चुरेमा रहेको धारापानी मुहानबाट सिँचाइ गाउँमा पुर्याउन रकम त आएकै हो”, स्थानीय भट्टले भन्नुभयो, “हामीले निर्माण व्यवसायीलाई बारम्बार सम्पर्क गर्दा पनि टेरेनन् ।” 

उहाँले मूल नहर निर्माणसँगै सिँचाइ पुर्याउन बनाउनपर्ने शाखा नहर निर्माणका लागि सर्वे हुन नसकेको बताउनुभयो । पानीको मुहानमै नहर निर्माणको काम हुन नसकेको बताउँदै उहाँले तत्काल नहर निर्माणका लागि सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x