×

NMB BANK
NIC ASIA

‘सानोमा प्रकाश साह्रै बिरामी परिरहन्थ्यो, निकै दुःख गरेर हुर्काएँ’

मंसिर ३, २०७५

NTC
Premier Steels

सीता दाहाल, आमा 

Muktinath Bank

प्रकाश जन्मने बेला उसको बुवा भूमिगत हुनुहुन्थ्यो, हामी चितवनको शिवनगरमा बस्थ्यौं । केटाकेटी, बस्तुभाउ, घरबार सबै धान्नु मेरै जिम्मेवारी थियो । सानोमा प्रकाश साह्रै बिरामी परिरहन्थ्यो । के गरी निको हुन्छ भन्दै म दौडिइरहन्थे । सानोमा निकै दुःख गरेर हुर्काएँ मैले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाश जन्मिएको केही महिनापछि नै हामी छुट्टियौं र क्षेत्रपुर बसाइँ सर्‍यौं । प्रकाशले नारायणगढको स्कूलमा पढ्न थाल्यो । साह्रै असल, सोझो र मायालु स्वभावको थियो प्रकाश । गोरो, राम्रो थियो ऊ, गाउँमा सबैले मन पराउँथे । सबैसँग छिट्टै घुलमिल हुन्थ्यो, गाउँभरिका मान्छे झुम्मिन्थे उसँग ।


Advertisment
Nabil box
Kumari

८÷९ वर्षको उमेरदेखि नै उसले हाम्रो माया पाउन सकेन । बुवा भूमिगत हुनुहुन्थ्यो, म चितवनमै थिएँ, उ दिदीहरूसँग पढ्न काठमाडौं आयो । जनयुद्ध शुरू भएपछि पञ्जाबमा बसेर पढ्यो । हाम्रो कहिलेकाहीँ मात्र भेट हुन्थ्यो, जनयुद्ध कालभरि पनि छोराका रुपमा माया गर्ने परिस्थिति नै बनेन । हाम्रो राम्रो माया नपाईकन हुर्कियो प्रकाश ।

Vianet communication

बाहिर मान्छेहरूले जसरी बुझे, भित्र प्रकाश त्यस्तो छँदै थिएन । उसले कुनै कुरा पनि झूटो बोल्दैनथ्यो, जो बोल्थ्यो, साँचो बोल्थ्यो । उसमा कुनै घमण्ड थिएन, देखेको कुरा बोल्थ्यो । कसैसँग लोभ वा लिनुदिनु पनि थिएन उसलाई ।

ऊ एकदमै दयालु स्वभावको थियो । बाबुआमाका लागि ज्यान दिने स्वभाव थियो । तर शान्तिकालमा आएपछि मिडियाले उसको बारेमा अनेकथरी कुरा लेखे । तर उसको यथार्थ खोतल्ने प्रयास कसैले पनि गरेनन् ।

प्रकाश हाम्रो आज्ञाकारी छोरा थियो । बुवाले भनेको सबै कुरा मान्थ्यो, बुवाको राजनीति कसरी राम्रो बनाउने, बुवालाई कसरी सफल पार्ने ? उसले त्यही कुरा मात्र सोच्थ्यो । परिवारमा पनि कसैसँग नराम्रो थिएन । तर उसको वैवाहिक जीवन भने सफल र सुखद हुन सकेन । उसका पनि आफ्नै पीडा थियो, कति कुरा उसले चाहेर पनि भन्दैनथ्यो, कति कुरा बुवाको जिम्मेवारीले पनि भन्न मिल्दैनथ्यो, यस्तै चेपुवामा थियो ऊ ।

यति छिट्टै छोरालाई बिदा गर्नुपर्ला भनेर मैले कहिल्यै कल्पना गरिनँ । तर दुःख घटना भयो । परिवारमा एकपछि अर्काे विपद् आइहाल्दा हामी सबै विक्षिप्त भयौं । आजसम्म हामीलाई सम्हालिन कठिन भइरहेको छ । तर उसले देशका लागि, पार्टीका लागि गरेको योगदान सम्झँदा गौरव लाग्छ, यसैमा चित्त बुझाएका छौं ।

प्रकाश दाहालको स्मृतिमा प्रकाशित स्मारिकाबाट

यो पनि पढ्नुहोस्

पति होस् त प्रचण्ड जस्तो !

आमाको आँसुले स्तब्ध माहोल : प्रकाश दाहालको स्मृति सभामा जे देखियो [फोटोफिचर]

‘तिम्रो तस्वीर देखाउँदै छोराले ‘बाबुको बुवा’ भन्छ अनि तस्वीरमा म्वाइँ खान्छ’

प्रकाशको सम्झनामा भक्कानिँदै प्रचण्डले भने– यो माया हुन्थेन भने परिवार नै विघटन हुन्थ्यो

प्रधानमन्त्री ओलीले प्रकाशलाई स्मरण गर्दा रोइरहिन् सीता दाहाल [फोटो फिचर]

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x