२५ जेठ २०८३, सोमबार

प्रधानमन्त्री ओलीले प्रकाशलाई स्मरण गर्दा रोइरहिन् सीता दाहाल [फोटो फिचर]

मंसिर ३, २०७५
प्रधानमन्त्री ओलीले प्रकाशलाई स्मरण गर्दा रोइरहिन् सीता दाहाल [फोटो फिचर]

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको स्मृतिमा कार्यक्रमको आयोजना गरिएको छ । गत वर्ष आजकै दिन प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको थियो । 

प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, नेकपाका नेता कार्यकर्ताको बाकलो उपस्थिति रहेको थियो । 

दशै लगत्तै बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आज सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । 

प्रकाश दाहालको स्मृतिमा आयोजित कार्यक्रममा बेल्दै प्रधानमन्त्री आलीले प्रकाश दाहालको स्मरण गरे । यस्तो असहज अवस्थामा प्रचण्ड सम्हालिनु सजिलो नभएको बताए । 

यसो भने प्रधानमन्त्री ओलीले–प्रचण्ड र म झापा थियौं, प्रचण्डजीले बिहान फा्ेन आयो भनेर एउटा दुखद खवर सुनाउनु भयो । त्यो खवर पत्याउन म तयार थिइन, तर बास्तविकता त्यी थियो । प्रचण्डजीले त्यो धैर्यता राखेर सम्हालिनुभयो ।

प्रचण्डको गला अवरुद्ध

प्रधानमन्त्री ओलीपछि बोलेका प्रकाश पिता प्रचण्डले गला अवरुद्ध पार्दै प्रकाशको स्मरण गरेका थिए । उनले सबैको मायाका कारण आफ्नो परिवार विघटनबाट जोगिएको बताए । 

रुदै बसिन् सीता

प्रकाश दाहालको स्मृतिमा आयोजना गरिएको कार्यक्रमका लागि स्टेज बनाइएको थियो । स्टेजमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड लगायतलाई बस्ने व्यवस्था गरिएको थियो । साथमा प्रचण्ड पत्नि सीता पनि स्टेजमा थिइन् रातो ज्याकेटमा बसेकी सीताका आँखाबाट कार्यक्रम अवधिबर आँशु बगिरहेको थियो । उनलाई उम्झाउनका लागि पुत्रि रेणु दाहाल उपस्थित थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहालको स्मरणमा भनाइ राखिरहँदा सीता आँसु पुछिरेकी थिइन् । 
 
प्रकाश दाहालको निधनसँगै ‘डिप्रेसन’ मा रहेकी सीता स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहेकी छिन् । 


तस्वीर- गगन अर्याल

यो पनि पढ्नुहोस्

पति होस् त प्रचण्ड जस्तो !

 

salt training

कमेन्ट गर्नुहोस्