
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको भेटबारे सामाजिक सञ्जालमा नेपाली भाषामै लेखेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा नेपाली भाषामा लेख्दै नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेका छौं ।
‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं’, मोदीले लेखेका छन् ।
उउनले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत गर्दै त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन् ।
मोदीले रास्वपा सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको पनि बताएका छन् ।
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको… pic.twitter.com/5xNRbyQKTX— Narendra Modi (@narendramodi) June 3, 2026