२१ जेठ २०८३, बिहीबार

यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

जेठ १९, २०८३
काठमाडौं
यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला (कास्की)लाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार समिति सदस्यमा अमिरप्रसाद न्यौपाने (काठमाडौं), डा. रोना श्रेष्ठ- (काठमाडौं) र पद्मनीति सोती (लमजुङ) रहेका छन् । 

यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

१. United Nations Environment Programme (UNEP)बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी Moteral Protocal को कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।                             

२. सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री अर्जुनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।                                                                         

३. संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने ।

४. भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र वास्तोला, कास्की तथा सदस्य पदमा श्री अमिर प्रसाद न्यौपाने, काठमाडौं, श्री पद्मिनी सोती, लमजुङ र डा. रेहना श्रेष्ठ, काठमाडौंलाई नियुक्ति गर्ने ।

salt training

कमेन्ट गर्नुहोस्