×

NMB BANK
NIC ASIA

भूकम्पमा भत्किएकामध्ये तीन लाख १५ हजार निजी घरकाे पुनःनिर्माण

मंसिर ४, २०७५

NTC
Premier Steels

काठमाडौँ– भूकम्पबाट भत्किएकामध्ये तीन लाख १५ हजार ८९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । 

प्राधिकरणमा सोमबारसम्म प्राप्त तथ्याङ्कअनुसार आठ लाख १२ हजार १६१ लाभग्राहीमध्ये सात लाख ३२ हजार ७७१ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये सात लाख २६ हजार ३३३ ले पहिलो किस्ता बुझेका छन् । 

पहिलो किस्ता लिएर पाँच लाख ६० हजार ७८१ लाभग्राहीले पुनःनिर्माण शुरु गरेका छन् । जग निर्माण गरी पाँच लाख ३१ हजार १९ भूकम्प पीडितले दोस्रो किस्ता माग गरेका छन् । दोस्रो किस्ताका लागि पाँच लाख २२ हजार १९३ परिवार प्रमाणीकरण भएको तथ्याङ्क प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको मंगलवारको बैठकमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पेश गरे । 

सोमबारसम्म पाँच लाख १८ हजार ५५ लाभग्राहीले भुक्तानी पाएका छन् । तेस्रो किस्ता माग गर्नेको सङ्ख्या तीन लाख ४४ हजार ३९८ पुगेको छ । तेस्रो किस्ताका लागि तीन लाख ३४ हजार ५० भूकम्प पीडित प्रमाणीकरण भएका छन् । घर निर्माण सम्पन्न गरेका तीन लाख १९ हजार ६६९ परिवारलाई तेस्रो किस्ता वितरण गरिएको छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षति भएका ५४ हजार ६५८ लाभग्राही प्रबलीकरण सूचीमा समावेश भएका छन् । जसमध्ये ११ हजार ८९५ ले अनुदान सम्झौता गरेका छन् । १० हजार ४६४ परिवारले पहिलो किस्ता लिएका छन् । 

प्रबलीकरण सूचीमा परेकाले दुई किस्तामा रु एक लाख पाउने प्राधिकरणको कार्यविधिमा उल्लेख छ । पुनःनिर्माण गर्नेले भने तीन किस्तामा रु तीन लाख अनुदान पाउँछन् । 

समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रगति विवरण प्रस्तुत गरेपनि गणपूरक सङ्ख्याको अभावमा आजलाई बैठक स्थगित गरिएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिए । यसै साता समितिको बैठकमा पुनःनिर्माणका बारेमा छलफल हुने जनाइएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x