×

NMB BANK
NIC ASIA

लज्जास्पद अवस्थामा प्रदेश ५ सरकार : ३ मन्त्रालयको विकास खर्च शून्य

मंसिर १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – ५ नम्बर प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ को बजेट खर्च निराशाजनक देखिएको छ ।

Muktinath Bank

मन्त्रालयको पूँजीगत खर्च अत्यन्त कम अर्थात् शून्यजस्तै देखिएको हो । प्रदेशका ३ मन्त्रालयको पूँजीगत खर्च शून्य देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउन यता झण्डै साढे ४ महिनामा प्रदेशको विकास बजेटमध्ये जम्मा ४ करोड ५० लाख रूपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । कूल विकास बजेट अहिलेसम्म खर्च भएको रकम झण्डै ४ प्रतिशतको मात्र देखिएको हो ।


Advertisment
Nabil box
Kumari

कानून, कर्मचारी र संयन्त्र अभावले बजेट खर्च हुन नसकेको सरकारको जवाफ छ । चालूभन्दा पूँजीगत खर्च बढी रहेको प्रदेशको बजेट २८ अर्ब ९ करोड ३ लाख रूपैयाँ छ ।

Vianet communication
Laxmi Bank

त्यसमध्ये पूँजीगत बजेट १६ अर्ब ६५ करोड रूपैयाँ छ । प्रदेशमा ७ मन्त्रालय छन् । यस अवधिमा महिनाको १ प्रतिशतभन्दा पनि कम मात्रै पूँजीगत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत रवीन्द्र अर्यालले जानकारी दिए ।

लक्ष्यअनुसार बजेट खर्च हुन नसके त्यसको असर आर्थिक वृद्धिदरको प्रक्षेपणमा समेत पर्ने अर्यालले बताए । प्रदेश सरकारले ल्याएका विकास ठूलो आयोजनाको हालसम्म डीपीआरसम्म हुन सकेको छैन । आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिकमा प्रदेशको समग्र वित्तीय प्रगति न्यून भएपछि मुख्यमन्त्री शंकर पोखरेलले बजेट कार्यान्वयनलाई गति दिन मन्त्रालयलाई कडा निर्देशन समेत दिएका छन् ।

कर्मचारी अभाव कानूनको समस्या देखाएर पन्छिने छुट कसैलाई नभएको भन्दै मुख्यमन्त्रीले २ साताभित्र आवश्यक संयन्त्र तयार गरी पूँजीगत बजेट कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालयसँग प्रथम चौमासिकको कार्य प्रगति समिक्षा बैठक राखेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले ठूला आयोजनाको काम शुरू नै नहुँदा बजेट खर्च हुन नसकेको बताए ।

‘प्रदेश सरकारका मन्त्रालयले खर्च गर्ने मातहतका निकाय निकै कम छन् । भएका निकायलाई पनि स्पष्ट रुपमा खर्च गरेर काम गर्ने जिम्मेवारी प्रदान नगर्दा यस्तो अवस्था देखियो,’ ज्ञवालीले भने । १३ अर्ब विकास बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका कार्यालयमा ५० प्रतिशत कर्मचारी अपुग छन् ।

प्रदेश सरकारले स्वयंसेवी कर्मचारी भर्ना गरेर पदपूर्ति गर्ने योजना बनाएको छ । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले विकास आयोजनाका सम्भाव्यता अध्ययनको काम भइरहेको बताए । उनले कर्मचारी अभावले गर्दा बजे कार्यान्वयनमा समस्या देखिएकाले सोचअनुसार काम हुन नसकेको बताए । 

कुन मन्त्रालयको कति खर्च ?

प्रदेशमा रहेका मन्त्रालयले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको पूँजीगत बजेट खर्च शून्य रहेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूँजीगत बजेट २६ लाख ६९ हजार रूपैयाँ, आर्थिक मामिला तथा योजना मन्त्रालयले ७ लाख ५३ हजार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले, २ करोड ३८ लाख, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ४ लाख ३३ हजार रूपैयाँ मात्र खर्च गरेको अधिकृत अर्यालले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x