पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मंसिर १४, २०७५
म्यान्मारको राजनीति धेरैजनाका लागि अनौठो कुरा हो । अनि त्यसमा पनि आङ सान सू कीले देशका सशस्त्र बल तात्मदलाई दानवीकरण गर्न अस्वीकार गर्नु चाहिँ अत्यन्तै अनौठो मानिएको छ ।
तात्मदमाथि नरसंहारको उद्देश्य राखेको, बलात्कारलाई युद्धको हतियारका रूपमा प्रयोग गरेको, यातना दिएको र आगजनी गरेको आरोप छ ।
सू कीलाई देशको प्रशासनको पूर्ण जिम्मेवारी नदिइएको भनी धेरैले बुझेका छन् किनकि सेनासँग बढी नै संवैधानिक अधिकारहरू उपलब्ध छन् । तर उनले एउटा मञ्चमा उभिएर संसारले दिएको निकै ठूलो माइक्रोफोन प्रयोग गरी
सेनाका जर्नेलहरूको किन भर्त्सना गर्दिनन् भन्ने कुरा व्याख्या गर्न गाह्रो देखिन्छ । उनीहरूलाई हत्यारा र बलात्कारी भन्नुको साटो सू की उनीहरूसँग सहकार्य गरिरहेकी छिन्, उनीहरूलाई महत्त्वपूर्ण पदमा नियुक्त गरिरहेकी छिन् र बर्दीधारी पुरुषहरू उनले साथीहरूमाझ भएजस्तो व्यवहार गरेकी छिन् ।
संसारका लागि यो विवादास्पद र नैतिक रूपमा भर्त्सनायोग्य कार्य हो । ‘कुनै समयकी नैतिक नेता आङ सान सू कीको मौनता म्यान्मारमा खतरनाक छ’, द हफिङटन पोस्ट घोषणा गर्छ । उनको ‘मूर्दातुल्य मौनताले उनलाई नैतिक
रूपमा कुकर्मको मतियार बनाउँछ’, द गार्डियन तर्क गर्छ ।
म्यान्मारको सेनामाथि नरसंहारको उद्देश्य राखेको आरोप लगाउने संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले यस्तो निष्कर्ष निकाल्यो : ‘तात्मदका कारवाहीमाथि नियन्त्रणका लागि नागरिक अधिकारीहरूलाई प्राप्त संवैधानिक अधिकारले थोरै मात्र क्षेत्र राखेको भएपनि’ सू कीले घटनाहरूलाई रोक्न वा कम गर्नका लागि आफ्नो ‘नैतिक अधिकार’ प्रयोग गरिनन् ।
यो ‘नैतिक अधिकार’ के हो ? सू कीका आलोचकहरू यसलाई सेनाविरुद्ध ‘उभिनु’ हो भन्छन् जस्तै न्युयोर्कको वाल स्ट्रीटमा निडर बालिकाले हानिएको साँढेको सामना गरिरहेकी छिन् । यो ब्रह्माण्डमा नैतिकता एक हतियार हो । यो कसैको टाउको कुच्याउनका लागि प्रयोग गरिने ढुंगा हो ।
तर सू कीले यो दर्शनलाई कहिले पनि अपनाइनन् । उनको नैतिक ब्रह्माण्डमा साहस भनेको डरबाट मुक्ति हो जसलाई उनले शत्रुताबाट मुक्ति वा घृणा गर्ने आवश्यकताबाट मुक्तिका रूपमा परिभाषित गरेकी छिन् । यो साहसले नै उनलाई कोही व्यक्तिनजिक बस्न सम्भव तुल्याएको छ, न कि उनीहरूविरुद्ध उभिन ।
उनी नजरबन्दमा हुँदा मानिसहरू यसलाई साहस र लावण्यका रूपमा, अझ सन्तत्वका रूपमा, प्रशंसा गर्थे । सन् १९९५ मा सू कीलाई जोन पिल्गरले भेटेका थिए । उनी त्यतिखेर अनेकौंपल्टको थुनामध्ये एकबाट भर्खरै रिहा भएकी थिइन् । पिल्गरले उनलाई शत्रुशक्तिबाट घेरिँदा र आफ्नो परिवार, सहकर्मी र साथीभाइबाट टाढा हुनुपर्दा डर लागेको छ कि भनी सोधेका थिए ।
तर उनले जोड दिएर भनिन्, ‘छैन किनकि मैले उनीहरूविरुद्ध शत्रुभाव राखिनँ । अनि मानिसले त्यो बुझ्न नसकेको जस्तो लाग्छ । डर शत्रुताबाट आउँछ । मैले उनीहरूप्रति शत्रुताभाव राखिनँ त्यसैले आराम अनुभव गरें ।’
सू कीको नैतिक साहस यो दृढ विश्वासमा अडेको छ : घृणा र डर सँगसँगै उत्पन्न हुन्छन् । तपाईंले कसैलाई घृणा गर्नुभएन भने उससँग डराउनुपर्दैन । सन् २०१२ मा पहिलोपटक संसदमा प्रवेश गर्दा सू कीलाई पत्रकारहरूले तपाईंमाथि दमन गर्ने सैनिकहरूकै पंक्तिमा बस्नुपर्दा कस्तो अनुभव भयो भनी सोधेका थिए । उनले उत्तर दिइन्, ‘ममा सेनाप्रति सद्भाव छ त्यसैले उनीहरूसँग बस्नका लागि मलाई चिन्ता लाग्दैन । उनीहरूसँग बस्दा मलाई खुशी लाग्छ ।’
यो भन्नका लागि मात्र भनिएको कुरा थिएन । सू कीले सेनाप्रति दर्शाएको प्रेम उनको पिताप्रतिको प्रेममै निहित छ । उनका पिता बर्मेली सेनाका संस्थापक मानिन्छन् र देशका सबभन्दा ठूला स्वतन्त्रता नायक पनि ।
सू कीले बीबीसीकी क्रिस्टी योङलाई सन् २०१२ को अन्तर्वार्तामा स्तब्ध बनाउँदै आफूले ‘सेनालाई एकदमै मन पराउने’ किनकि यसलाई जहिले पनि ‘बुवाको सेना’ ठान्ने बताएकी थिइन् । योङले सेनामाथि लगाइएका आरोपहरूको
चर्चा गर्दा सू कीले जवाफ फर्काइन्, ‘पक्कै हो । उनीहरूले जे गरे नराम्रो गरे तर तपाईंले कसैलाई मन पराउनुभयो भने ऊ सुध्रिने समयको प्रतीक्षा गरिरहनुहुन्छ जस्तो मलाई लाग्छ ।’
कोही पनि सुध्रिनै नसक्ने गरी बिग्रिएका हुँदैनन् भन्ने विचार बौद्धधर्मको मेत्ता अवधारणाको केन्द्रमा छ । मेत्ता भनेको सबै प्राणीहरूका लागि असीमित, निःशर्त प्रेम र करुणा हो । मेत्ताले कुनै पनि व्यक्तिलाई उसको कर्मबाट
छुट्ट्याउन सक्ने करुणा माग गर्छ । एक हत्यारालाई हत्याराकै रूपमा मात्र हेर्दा क्षमाभाव असम्भव हुन्छ । क्षमाभावविना करुणा हुन सक्दैन र व्यक्ति मेत्ताको वृत्तभन्दा बाहिर रहन्छ । यो भनेको मानिसभित्र अन्तर्निहित रहेको
असलपनमा गहन विश्वास र सामाजिक परिवर्तनकर्ताका रूपमा प्रेमको शक्तिमाथिको प्रतिबद्धता हो ।
मेत्ताको राजनीति सर्सर्ती हेर्दा अत्यन्तै उच्च विचारको र धरातलको खतरनाक वास्तविकताबाट टाढिएको जस्तो देखिन्छ तर सू कीले सेनासँग कुनै बोझविना नै डील गर्ने इच्छा देखाउँदा व्यावहारिक तथा कठोर राजनीतिका लागि
स्थान उपलब्ध गराउँछ । सू कीले संसदीय प्रक्रियामा रहेका अप्ठ्यारा बाधा पार गर्नका लागि पूर्व जर्नेलहरूलाई विभिन्न पदमा नियुक्त गरेकी छिन् । उनले नीतिगत परिवर्तनहरू अघि बढाउन समेत पूर्व सैनिकहरूको प्रतिभा र
सञ्जालको उपयोग गर्ने गरेकी छिन् ।
यसले उनलाई संविधान संशोधनका विषयमा पारदर्शी ढंगले तथा अनवरत रूपमा कुरा गर्नका लागि रोकेको छैन । तात्मदले संविधानमा आफ्नो लागि खोजेको भूमिकालाई उनले यसरी प्रत्यक्ष चुनौती दिएकी छिन् । यसले उनलाई
गैरकानूनी हिंसाको आलोचना गर्न अनि मानवअधिकार उल्लंघनको निन्दा गर्न रोकेको छैन र विधिको शासनभित्रका संरचनामा रहेर न्यायको कुरा गर्न पनि रोकेको छैन । सू कीका लागि सेनाले गरेको काम खराब भएपनि सेना
आफैंमा खराब छैन । त्यसैले कुनै दिन सेनाले आफूलाई पापमुक्त गर्ने आशा उनले सधैं राखिरहनेछिन् ।
अहिले सू कीलाई आलोचना गर्ने फेशन नै चलेकाले तपाईं पनि उनको आलोचना गर्न सक्नुहुन्छ तर सू की एक आध्यात्मिक राजनीतिकर्मी भएको कुरा सत्य हो । उनीजस्तो राजनीतिकर्मी एकदमै दुर्लभ हुनाले हामीहरू मूल्यांकन
गर्नै जान्दैनौं ।
(इकोनोमिक टाइम्समा प्रकाशित अभिजीत दत्तको विश्लेषणको भावानुवाद)
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...