×

NMB BANK
NIC ASIA

आफूले १४० बिरामी मारेको यी चिकित्सकको स्वीकारोक्ति, दया गरेको दाबी

मंसिर १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — बेल्जियमका चिकित्सक मार्क भान होईले देशमा इच्छामृत्यु वैध भएदेखि अहिलेसम्म १४० बिरामी मारेको बताएका छन् । 

उनले स्ट्रोकबाट सताइएकी एक महिलाको बारेमा बताए । ‘उनी असल साथी थिइन् र रोगी पनि थिइन् । उनीसँग मेरो १५ वर्षदेखिको चिनजान थियो । उनी सुन्दर वृद्धा थिइन् । उनले मर्ने दिनमा केशविन्यास गर्नेहरूलाई कपाल
सजाउन लगाइन्, अनुहारमा मेकअप गराइन् र हामीसँग बसेर श्याम्पेन पिइन् । त्यसपछि हामीहरूले उनलाई एउटा इन्जेक्सन दियौं र उनी मरिन्,’ होई भन्छन् । 

प्यानक्रियाटिक क्यान्सरबाट सताइएका अर्का मित्रलाई भान होईले बार्बिटुरेटको कडा डोज दिएर मारेको बताए ।

बेल्जियमको एन्टवर्पमा बस्ने चिकित्सक होई ५७ वर्षका भए र उनी मृत्युको अधिकार फ्लान्डर्स संस्थाका अध्यक्ष हुन् । 

अमेरिकामा मृत्युको अधिकारको पैरवी गर्ने कुख्यात चिकित्सक ज्याक केभोर्कियनले भन्दा बढी मानिस होईले मारेका छन् । केभोर्कियनलाई डक्टर डेथ भनिन्थ्यो र उनले १२९ जना बिरामीलाई मर्न सहयोग गरेको दाबी गरेका थिए ।
पछि उनलाई हत्याको अभियोग लगाइयो । 

‘मान्छे मार्नु सहज छैन,’ इच्छामृत्युका पैरवीकर्ता भोन होई भन्छन् । ‘यसो गर्दा म खतरनाक सेडिस्ट जस्तो देखिन्छु । तर यो दयावश गरिएको कर्म हो । यो समानुभूतिको काम हो ।’

तर होई पनि केभोर्कियन जस्तै कारागार पुग्न सक्ने सम्भावना छ । उनले अब कुनै पनि इच्छामृत्यु गराउन पाउनेछैनन् किनकि उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सन् २०१५ मा छोरीको अचानक मृत्यु भएपछि आत्महत्याको
धम्की दिने एक वृद्धालाई मर्न सहयोग गरेको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान चलाएको हो । 

यो घटना अदालतमा पुगेमा रोगीलाई विष दिएको आरोप उनीमाथि लाग्न सक्छ । ‘यो मुद्दा ममाथि झुण्डिएको तरबार जस्तै हो,’ उनले भने ।

इच्छामृत्यु निकै संवेदनशील विषयका रूपमा रहेको छ र यसका पक्ष र विपक्षमा उत्तिकै आवाजहरू छन् ।

द डेली मेलबाट

 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x