मनाङमा झरनापुत्री सुहानासंग अनमोलको रोमान्स

मंसिर १८, २०७५

काठमाडौं– छायाँकनमा रहेको चलचित्र ‘ए मेरो हजुर–३’का केही तस्वीरहरु सार्वजनिक गरिएको छ । निर्माण युनिटले चलचित्रमा समावेश रोमान्टिक गीत छायाँकनका तस्वीर सार्वजनिक गरेको हो ।

तस्वीरमा चलचित्रका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापा रोमान्टिक मुडमा देखिन्छन् । मनाङको निकै चिसो क्षेत्रमा यो गीतको छायाँकन गरिएको हो ।


ADVERTISEMENT

‘ए मेरो हजुर–३’लाई अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन तथा सुनिलकुमार थापाले निर्माण गरेका हुन । सुहाना अभिनेत्री तथा निर्देशक झरना र निर्माता सुनिल कुमारकी छोरी हुन् । उनि यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गरेकी हुन ।

आउँदो चैत २९ गतेका लागि प्रदर्शन मिति तय गरिएको चलचित्रमा अनमोलले एक सेलिब्रेटीको भूमिका निर्वाह गरेका छन् भने सुहाना फ्यानको रुपमा प्रस्तुत छिन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

मंसिर १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस