चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
मंसिर २०, २०७५
काठमाडौं– नेपाल प्रहरीका पूर्व महानिरीक्षक माेतिलाल बाेहराले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
सर्वोच्च अदालतले बिहीवार बोहरालाई सफाइ दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय सारदा प्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले बाेहराको इजलाशले विशेष अदालतको फैसला उल्टाउँदै बाेहरालाई सफाइ दिएको हो ।
विशेष अदालतले २०६८ सालमा बाेहरालाई अकूत सम्पत्ती आर्जनको मुद्दामा दोषी ठहर गर्दै २६ लाख ६३ हजार ४ सय ८५ रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवानासहित डेढ वर्ष कैद सजाय सुनाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाेहराले आर्जन गरेको ४ करोड ३८ लाख ९२ हजार ५ सय ६ रुपैयाँबराबरको सम्पत्तिमध्ये २ करोड ३८ लाख २३ हजार ६ सय २७ रुपैयाँको स्रोत खुल्न नसकेको दाबी गर्दै अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका तत्कालीन न्यायाधीशहरू गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले बाेहरालाई दोषी ठहर गरेको थियो ।
अख्तियारले बाेहराविरुद्ध २०६१ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतका तत्कालीन न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलाशले हदम्याद नाघेको भन्दै मुद्दा खारेज गरिदिएको थियो ।
अख्तियारले बाेहराको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन हालेकोमा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश कल्याण श्रेष्ठको संयुक्त इजलाशले विशेष अदालतबाटै दोर्होयाउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि पुनः सुनुवाइ शुरू भएकोमो विशेष अदालतले बाेहरालाई दोषी ठहर गरेको थियो । तर, मागदावी अनुसार फैसला नआएपछि बाेहरालाई थप जरिवानासहित सजायको माग गर्दै २९ कात्तिक २०६९ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...