×

NMB BANK
NIC ASIA

निर्मला प्रकरण : घरमा एक्लै बस्थे आरोपी प्रदीप, अब काठमाडौंका स्कुलमा एउटै पोसाक

मंसिर २१, २०७५

NTC
Premier Steels

काठमाडौं–सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ । 

Muktinath Bank

न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बिहिबार पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने आदेश गरेको हो । आदेशमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको ठहर नभएको उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष अदालतले अवैध सम्पत्ति कमाएको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी रु ५३ लाख ६२ हजार बराबर असुल फैसला सुनाएको थियो । विसं २०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियोे । 


Advertisment
Nabil box
Kumari

प्रहरी प्रमुख भएका बेला खरीद गरेको घरजग्गा तथा विभिन्न बैंकमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको थियो । बोहरा विसं २०४९ देखि विसं २०५३ सम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

Vianet communication

विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा २०७० जेठ १९ गते पुनरावेदन गरिएको थियो । 

सीके राउत जेल चलान 
 स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा सीके राउत राज्यविरुद्धको संगठित अपराध मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् । 

जिल्ला अदालत रौतहटले राउतलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बिहीवारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलाशले राउतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो । 

गत असोज २९ गते जिल्ला अदालत रौतहटमा नै तारेख बुझाउन आएका क्रममा राउत पक्राउ परेका थिए । 

राउतको गिरफ्तारी गैरकानूनी भएको भन्दै उनका दाई जयकान्तले कात्तिक ११ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । 

जयकान्तको रिटको सुनुवाई गर्दै सर्वोच्चकी न्यायाधीश मिरा खड्काले १३ कात्तिकमा सीके राउतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेकी थिइन् । 

त्यसयता राउतको मुद्दामा ६ वटा पेशी तोकिएका थिए । सातौं पेशीको रुपमा सोमवार न्यायाधीश दीपकराज जोशी र वम कुमार श्रेष्ठको इजलाशले राउतको गिरफ्तारीविरुद्ध परेको रिट खारेज गरिदिएको थियो ।


रुप ज्योतिलाई नियन्त्रणमा लिन पक्राउ पूर्जी 
नेपालको पुरानो व्यवसायिक घराना ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ । 
काठमाडौं जिल्ला अदालतले रुप ज्योतिलाई पक्राउ गर्न पूर्जी जारी गरेको हो । 

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका भनिएका रुप ज्योतिले एउटा व्यक्तिबाट जग्गाको मूल्य लिएर अर्कैलाई बेचेको भेटिएपछि प्रहरीले उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो ।

काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भनेर ल्याण्डमार्क डेभलपर्स प्रालिमार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेपछि रुप ज्योतिविरुद्ध प्रहरीममा उजुरी परेको थियो । 

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बिज्ञेन्द्रकृष्ण मल्लले बाँसवारीस्थित हाउजिङमा घर खरिदका लागि आफूले ल्याण्डमार्क डेभलपर्स प्रालिलाई २ करोड ७० लाख रुपैयाँ बुझाए पनि घर र जग्गा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

प्रहरीले मल्लको उजुरीमाथि छानबिन गर्ने क्रममा उनलाई दिने भनिएको जग्गा रुप ज्योतिकै सक्रियतामा अर्कै कम्पनीलाई बिक्री गरेको पाइएको छ ।

ऋणको व्याज बढाइनु गलत 
नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा ऋणको व्याजदर बढाएकामा गुनासो गरेको छ । 

एकतर्फीरुपमा व्याज बढाउँदा उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै महासङ्घले लगानी निरुत्साहित हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ । 

नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्थामा एकतर्फीरुपमा ऋणको व्याज बढाइनुसमेत गलत भएको महासङ्घले उल्लेख गरेको छ । 

महासङ्घले सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रका जिम्मेवार पदाधिकारीलाई नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्धी क्षमता ह्रास हुन गएकाले उद्योग व्यवसायका क्षेत्रमा नकारात्मक प्रभाव परी लगानीसमेत निरुत्साहित हुन गएको जानकारी गराउँदै आएकोसमेत बताइएको छ ।

काँग्रेस बैठक आज पनि
प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । यसअघि बिहिबार आठ जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राखे । 

बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, दिलबहादुर घर्ती, डा मीनेन्द्र रिजाल, शङ्कर भण्डारी, जीवन परियार, वीरबहादुर बलायर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा तथा केन्द्रीय आमन्त्रित सदस्य हसन अन्सारीले आआफ्नो धारणा राखेका हुन् । 

घरमा एक्लै बस्थे प्रदीप 

भीमदत्त नगरपालिका–१८ भगतपुरमा पुरानो कच्ची घर छ, जहाँ प्रदीप रावल एक्लै बस्छन् । विपन्न परिवारका उनले स्थानीय वैजनाथ विद्यालयमा ९ कक्षा पढ्दापढ्दै चार वर्षअघि अध्ययन छाडेका थिए । बुबा टेकबहादुर र आमा राधादेवी रोजगारीको सिलसिलामा भारतको बैंग्लरुमा छन् । एउटी बहिनीलाई काका बलबहादुरले पालनपोषण गरेका छन् । महेन्द्र नगरबजारमा व्यवसाय गर्दै आएका उनले भने, ‘प्रदीपलाई पनि राम्रोसँग पढ्ने भए पढाइदिन्छु भनेको थिएँ, तर उसले साथीसंगतको लहलहैमा पढाई छाड्यो ।’

निर्मला पन्तको हत्या आशंकामा काठमाडौंबाट पक्राउ परेका युवक प्रदीप लागूऔषध दुर्व्यवसनी हुन् । उनी चोरी र डकैतीमा संलग्न रहेको स्थानीय बताउँछन् । तर निर्मला प्रकरणमा उनी दोषी छन् कि छैनन् भन्ने अनुसन्धानकै विषय छ । निर्मलाको हत्या भएको स्थानभन्दा ६०० मिटर पश्चिमतर्फ पर्ने स्थानीय पाले चौधरीको मासु पसलबाट पैसा, ग्यास र कुखुरा चोरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको एक स्थानीयले बताए  ।

सोही आरोप आरोपमा पक्राउ परेका विशाल चौधरी पनि निर्मला प्रकरणमा पक्राउ परेका छन् । पाले चौधरीको पसल निर्मलाकी साथी रोशनी बमको घर नजिकै पर्छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

गुन्डा नाइके समीरमानकी पत्नी रिहा

काठमाडौं– गुन्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन (बस्नेत) ५ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएकी छन् । 

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा आफ्ना पति समीरमानलाई सघाएको प्रमाण फेला परेको भन्दै मायालाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौंका स्कुलमा एउटै पोसाक
काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रम अन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोसाकमा एकरुपमा ल्याउन लागिएको महानगर शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जनाए । 

‘विदेशका महानगरमा रहेको विद्यालयको पोसाक एउटै हुन्छ’, उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोसाक लगाएर महानगरको विद्यालयमा एकरुपमा ल्याउन थालेका हौं।’ यसैगरी महानगरले विद्यालयको विदामा समेत एकरुपमा ल्याउन शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । आगामी शैक्षिकसत्रदेखि विदेशी कुटनीतिक निगोगबाट सञ्चालित बाहेकका सबै विद्यालय एकैदिन खुल्ने र विदा हुने गरी क्यालेन्डर बनाउन लागिएको कोइरालाले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

महन्त वैष्णव पक्राउ
जनक हजारी विद्यापीठ जनकपुरको भोगमा रहेका गुठी संस्थानको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई आफ्नो हो भनी दाबी गर्ने रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दासलाई अपराध महाशाखा काठमाडौँको सहयोगमा काठमाडौँस्थित होटल तिरूपतिबाट पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयद्वारा बिहिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले दासलाई हिजो साँझ काठमाडौँमा पक्राउ गरी बिहिबार जनकपुर ल्याई अनुसन्धान भइरहेको बताए । 

विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहेरीअनुसार दासले गुठीको जनकपुर उपहानगरपलिका वडा नं ८ किता नं ६२ को दुई कट्ठा ११ धुर र किता नं २८ को दुई बिघा आठ कट्ठा १४ धुर क्षेत्रफलको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई उच्च अदालतमा समेत पेश गरेको थियो ।  

सरकारी कागज कीर्ते मुद्दामा वारदातपछि फरार रहेका दासलाई धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय
सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष’स्थापना गर्ने निर्णय गरेको छ । 

मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकास क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली युवा र अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले सो कोष स्थापना गर्ने निर्णय गरेको हो । 

यसैगरी ललितपुर जिल्ला, ललितपुर महानगरपालिका सैँबु भँैसेपाटीस्थित सैँबु आवास क्षेत्रमा सांसद आवास गृहका लागि छुट्याइएको १४९ रोपनी जग्गामा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन निर्माण गर्ने निर्णय बैठकले गरेको छ । 

साथै सोही जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास÷सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय बैठकले गरेको छ । 

बैठकले ललितपुरको पुल्चोकस्थित हाल मन्त्री निवासमा रहेको परिसरमा १० वटा राजकीय अतिथिगृह निर्माण गर्ने र यसका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भएमा राष्ट्रिय पुस्तकालय रहेको छेउको सरकारी जग्गा उपयोग गर्ने निर्णय पनि गरेको छ। 

काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोट जिल्लास्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल्ड निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने पनि बैठकले निर्णय गरेको छ ।

राष्ट्र बैंकले दश अर्ब लगानी गर्ने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । 

बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । 

बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ ।

इपिएलको ट्रफी सार्वजनिक
शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । 

आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगितामा सहभागी हुने ६ टोलीका कप्तान क्रमशः दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, पारस खड्का, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x