×

NMB BANK
NIC ASIA

एनसेल कर छलि प्रकरण : संसदीय समितिले बढायो ‘निगरानी’

मंसिर २१, २०७५

NTC
Premier Steels

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर विक्रीमा भएको २ अर्ब कर छलिबारे छलफल शुरु गरेको छ । शुक्रवार बसेको समितिको बैठकमा एनसेलले गरेको कर छलिको बारेमा अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागका अधिकारीहरुसँग छलफल गरियो । 

Muktinath Bank

समितिका सभापति भरत शाहले एनसेलको शेयर खरिद विक्रीमा भएको कर छलीको बारेमा जानकारी लिँदै कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । उनले ठूला करदाता कम्पनीहरुबाट अर्बौ कर छलि भइरहँदा हेरेर बस्न नमिल्ने भन्दै सम्बन्धित निकायका अधिकारीहरुको ध्यानाकर्षण गराए । ‘ठूला कम्पनीबाट कर छलि भइरहँँदा कारबाही प्रक्रिया अगाडि किन नबढाउने ?’ शाहले प्रश्न गर्दै भने, ‘ठूला कम्पनीहरुविरुद्ध कारबाही प्रक्रिया अघि नबढाए समग्र कर असुलीलाई नै प्रभाव पार्छ भन्नेमा ध्यान दिनु जरुरी छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदविक्रीमा २ अर्ब २९ करोड ४८ लाख ७० हजार रुपैयाँ कर छलि गरेको देखिएको छ । कर छलि गरेपछि ठूला करदाता कार्यालयले कर निर्धारण गर्न दिएको आदेशलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले रोकेको छ ।


Advertisment
Nabil box
Kumari

यसै विषयमा जानकारी लिन शुक्रबार समितिको बैठकमा राजश्व सचिव शिशिरकुमार ढुङ्गाना र आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु नेपाल डाकिएका थिए ।

Vianet communication

राजस्व सचिव शिशिर ढुंगानाले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कर असुलीमा समस्या आएको बताए । एनसेलबाट कर असुल्न ठूला कर दाता कार्यालयले समेत पहल गरिरहेका बेला सर्वोच्च अदालतले निर्वाध रुपमा लाभांस फिर्ता लैजान दिनु भन्दै लाभांश रकम नरोक्न अन्तरिम आदेश जारी गरेपछि कर असुलीमा समस्या आएको ढुङ्गानाको भनाइ थियो । ‘कानूनी जटिलता रहेको छ,’ ढुङ्गानाले भने, ‘सार्वोच्च अदालतले निर्वाध रुपमा लाभांश लैजान दिनु भन्दै अन्तरिम आदेश दिएपछि असुलीमा समस्या आएको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x