कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
मंसिर २२, २०७५
सुर्खेत – नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) गठन भएको १ वर्ष पुग्नै लाग्दा कर्णालीमा शनिबार पहिलो बैठक बसेको छ ।
कर्णालीकै सबैभन्दा महंगो मानिने सिद्धार्थ होटलमा १ सय ७५ सदस्यीय प्रदेश कमिटी, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य लगायत २ सयभन्दा बढीको सहभागितामा बैठक भइरहेको छ ।
कम्यूनिस्ट पार्टीको पहिलो बैठक प्रतिष्ठित होटलमा गरिनु लज्जास्पद भएको नेकपाकै कार्यकर्ताको भनाई छ । नेकपाका एक नेताले नाम नखुलाउने शर्तमा भने, ‘हामीले देशको समृद्धि खोजेका हौं, पार्टीमा समृद्धि आएछ । पार्टीका बैठक ठूला होटलमा आयोजना गरिनु भनेको पार्टीको समृद्धिको रुपमा हामीले बुझ्नुपर्छ ।’ उनले सर्वहारा वर्गको पार्टी भनेर भनिएपनि दिनप्रतिदिन पार्टी विलासितावादीको चंगुलमा फस्दै गएको आरोप लगाए ।
सिद्धार्थ होटलमा मम प्रतिप्लेट १ सय ८० रुपैयाँ पर्छ । हल भाडा प्रतिदिन २० हजार रुपैयाँ लिइन्छ । प्रदेश कमिटीको पहिलो बैठकमा चिया, पानी, कोठाभाडा गरेर लाखौं रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
नेकपा कर्णाली प्रदेश कमिटीको पहिलो बैठक सुर्खेतमा शुरू भएको छ । पार्टी केन्द्रीय सचिवालयले प्रदेश कमिटीको टुंगो लगाएलगत्तै कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शनिवार बसेको हो । १ सय ७५ सदस्य रहेको कर्णाली प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र पूर्वएमालेबाट ८७ जना सदस्य रहेका छन् ।
पहिलो बैठकमा प्रदेशका केन्दीय सदस्य पनि सहभागी भएका छन् । अधिकांश केन्द्रीय सदस्य प्रदेश कमिटीको बैठकमा पुगेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।
सहइन्चार्ज अनुपस्थित
पार्टीको प्रदेश कमिटीको पहिलो बैठकमा पार्टीका सहइन्चार्ज यामलाल कँडेल भने सहभागी भएनन् । यसअघि विभिन्न मिडियामा उनी असन्तुष्ट भएको समाचार सार्वजनिक भएपनि लोकान्तरसँग कुरा गर्दा आफू व्यावहारिक समस्याका कारण बैठकमा उपस्थित हुन नसकेको बताए ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...