×

NMB BANK
NIC ASIA

योगी आउने भारतीय विमानको ‘टेस्ट फ्लाइट’, केहीबेर जनकपुर विमानस्थलमा बसेर फिर्ता

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम– भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउनु भन्दा एक दिन अघि नै भारतीय विमानले परीक्षण उडान (टेस्ट फ्लाइट)गरेको छ । मंगलबार बिहान भारत उत्तर प्रदेशको राजधानी लखनउबाट उडेको भारतीय विमान जनकपुर विमान स्थलमा बिहान १० बजेर १९ बजे अवतरण भएको थियो । 

Muktinath Bank

बीई २० टाइपको भारतीय कम्पनीमा दर्ता भएको बिमान नेपालमा अवतरण भएको केही समयपछि फेरि लखनउ फर्किएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले लोकान्तरसंग भने, ‘भारतका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भोलि जनकपुर आउनु हुने कार्यक्रम रहेकाले परीक्षणका लागि बिमान आज आएको थियो ।’  जनकपुरमा अवतरण गरेको उक्त बिमान ११ः ५० मा पुनः लखनउका लागि प्रस्थान गरेको थियो ।


Advertisment
Nabil box
Kumari

नेपालको रोयल हिमालयन ट्रेकस कम्पनीले उक्त भारतीय विमान चार्टर गरेको ढकालले बताए । तीन जना चालक दलसहित आएको उक्त विमानका चालक दलले रन वेको लम्बाइ, ले आउट आदीसँग संगै अन्य सुविधाहरूको बारे परीक्षण गर्न आएका थिए, ढकालले भने, ‘उहाँहरू हाम्रो ब्यवस्थाबाट पूर्ण रूपले सन्तुष्ट भएर फर्किनु भएको छ ।’

Vianet communication
Laxmi Bank

नर्मल रुट गल्फ ३३५ बाट उडान भरेको उक्त बिमान करीब १ घन्टाको समयमा लखनउबाट जनकपुर आइपुगेको थियो ।

‘भोलि त्यही विमान बाट एक जना इन्जिनियरसहित चार जना चालक दल र मुख्यमन्त्री योगीसहित ५ जना प्रतिनिधि मण्डल आउने जानकारी हामीले प्राप्त गरेका छौं,’ विमानस्थल प्रमुख ढकालले भने, ‘भोलि त्यही समयमा सामान्य हेरफेर गरेर विमान जनकपुर आइपुग्नेछ ।’

बिगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा उहाँलाई भिभिआईपी भनिएको थियो भने योगिजीलाई भिआईपी भनेर नेपाल सरकारद्वारा पत्राचार गरिएको ढकालले जानकारी दिए । 

 नेपाल नागरिक उड्डयन प्राधिकरण बाट आज र भोलिको लागि उक्त बिमान कम्पनीले उडानको अनुमति लिएर नै बिमानले उडान भरेको उनले बताए ।

भोलि उक्त बिमान आउँदा जनकपुरको बुद्ध र येती एयरलाईन्सको नियमित विमानको समय हेरफेर हुने समेत उनले जानकारी गराए । विमानस्थलको सुरक्षाको प्रबन्ध जिल्ला सुरक्षा समिति अनुसार नै प्रबन्ध गरिएको छ । बिमान स्थलमा आपातकालीन सेवाका लागि सिमराबाट एउटा फायर भेहिकल समेत मगाउने काम भईरहेको भए पनि उक्त भेहिकल अहिले बाटोमै रहेको ढकालले बताए ।

एता योगी आउँदा कारगेटका लागि पनि ब्यबस्थापन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रबीणराज कणेलले बताए । ‘बुलेट प्रुफ एउटा कार गेट भारत सरकारले उपलब्ध गराएको छ भने अर्को बुलेट प्रुफ कार गेट नेपाल सरकारले समेत उपलब्ध गराउने छ,’ सिडिओ कणेलले बताए । नेपाल सरकारको कारगेट साँझ सम्म जनकपुर आईपुग्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x