×

NMB BANK
NIC ASIA

महासमिति बैठकअघि निरन्तर छलफलमा कांग्रेस, सहमति जुटाउनै सकस

मंसिर २७, २०७५

NTC
Premier Steels

काठमाडौं – करीब दुई सातादेखि चलिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदामा देखिएको विवाद हल हम्मेहम्मे परेको छ । नेताहरू फरक–फरक समूहमा विभाजित भएपछि कांग्रेसलाई यो विषय हल गर्न फलामको च्यूरा चपाए सरह भएको हो ।

Muktinath Bank

मंसिर २९ गतेदेखि शुरू हुने महासमिति बैठकको तयारीमा कांग्रेसले केन्द्रीय समितिबाट राजनीतिक प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गर्‍यो, तर प्रतिवेदनमा समावेश कतिपय विषयमा एकमत हुन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै विधान संशोधनका विषयमा पनि बिमति कायम छ । संस्थापन पक्षले पदाधिकारीको संख्या नबढाउने अडान लिएको छ भने रामचन्द्र पौडेल पक्षीय नेताहरूले पदाधिकारी बढाएर ११ जना पुर्‍याउने अडान लिएपछि विवाद बढेको छ ।


Advertisment
Nabil box
Kumari

तर कांग्रेस नेताहरू भने छलफलको विषयलाई ‘विवाद’ भन्न नहुने बताउँछन् । ‘यो विवाद नै होइन । सहमति जुटाउने प्रक्रियामा सामान्य छलफल जहाँ पनि हुन्छ,’ लोकान्तरसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘महासमिति बैठक उद्घाटन हुने बेलासम्म हामी छलफलमा जुटिरहन्छौं ।’

Vianet communication

केन्द्रीय समिति बैठक आज पनि डाकिएको छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन मस्यौदा र अन्य प्रस्तावमा सहमति जुटाउन अन्तिम प्रयास गरिने जानकारी प्रवक्ता शर्माले दिएका छन् ।

स्रोतका अनुसार सहमति जुट्न नसकेको खण्डमा वैकल्पिक प्रस्ताव लैजाने विषयमा पनि छलफल चलिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x