×

NMB BANK
NIC ASIA

ओली–प्रचण्ड प्रतिवेदन : कांग्रेस दिशाहीन, फोरम उदार, राजपा द्विविधामा

पुस १, २०७५

NTC
Premier Steels

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

Muktinath Bank

पार्टी एकताको लामो समयपछि शनिवार बसको स्थायी कमिटी बैठकमा पेश भएको प्रतिवेदन सदस्यहरुलाई अध्ययन को लागि दिइएको छ । शनिवार र आइतबार अध्ययपछि सोमबार बस्ने बैठकमा सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी एकता, सरकार सञ्चालन, वर्तमान राजनीतिक परिस्थिति, अन्य राजनीतिक दलहरुको भूमिका लगात विषय प्रतिवेदनमा समेटिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमा ५ नम्बर बुँदामा राजनीतिक दलहरुको भूमिकाबारे लेखिएको छ । जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सही दिशा ग्रहण गर्ने सम्भावना नरहेको उल्लखे गरिएको छ । प्रतिवेदनमा भनिएको छ, विगत निर्वाचन परिणामबाट कमजोर अवस्थामा खुम्चिन पुगेको नेपाली काङ्ग्रेसमा अन्यौल व्याप्त छ । वैचारिक र राजनीतिक पुनर्संरचनाको प्रसङ्ग चले पनि यस पार्टीले सही दिशा ग्रहण गर्ने संभावना देखिँदैन ।’

Vianet communication

 आफ्नो असफलतालाई ढाकछोप गर्न कांग्रेसमा यतिबेला सरकारका विरुद्ध भ्रामक प्रचारमा उत्रिने, सानातिना असन्तुष्टिलाई पनि उछाल्ने र राजनीतिकरण गर्ने प्रवृत्ति देखा परेको प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यस्तै संघीय समाजवादी फोमलाई भने तराई मधेसमा क्रियाशील दलहरुमध्ये तुलनात्मक रुपमा उदार र सकारातमक सोच राख्ने दलको रुपमा प्रतिवेदनमा चित्रित गरिएको छ । अर्को मधेस केन्द्रीत दल राजपा भने यतिबेला द्विविधामा परेको देखिएको प्रतिवेदनमा उल्लखे गरिएको छ । ‘निरन्तर संवादका माध्यमबाट लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरण  एवं तराई–मधेसको सामाजिक आर्थिक रुपान्तरणमा यस पार्टीलाई पनि सकारात्मक स्थानमा उभ्याउने नीति लिनु पर्दछ ।’ प्रतिवेदनमा भनिएको छ । 

यस्तो लेखिएको छ प्रतिवेदनमा

राजनीतिक दलहरुको भूमिका 

विगत निर्वाचन परिणामबाट कमजोर अवस्थामा खुम्चिन पुगेको नेपाली काङ्ग्रेसमा अन्यौल व्याप्त छ । वैचारिक र राजनीतिक पुनर्संरचनाको प्रसङ्ग चले पनि यस पार्टीले सही दिशा ग्रहण गर्ने संभावना देखिँदैन । आफ्नो असफलतालाई ढाकछोप गर्न यस पार्टीमा यतिबेला सरकारका विरुद्ध भ्रामक प्रचारमा उत्रिने, सानातिना असन्तुष्टिलाई पनि उछाल्ने र राजनीतिकरण गर्ने प्रवृत्ति देखा परेको छ । नेपालको संसदीय इतिहासमा सर्वाधिक लामो समयसम्म सरकारको नेतृत्व गरेको र त्यसै अवधिमै मुलुकले थप दुर्गति बेहोर्नु परेको यथार्थलाई ढाकछोप गर्दै यतिबेला यसका कतिपय नेताहरु सरकार विरुद्ध कहिले कथित अधिनायकवाद त कहिले असफलताको अनर्गल प्रचारमा उत्रिएका छन् । संविधानको कार्यान्वयन र समृद्धिको यात्रामा नेपाली काङ्ग्रेससँग पनि संभव भएसम्म समझदारी कायम गर्दै अगाडि बढ्ने हाम्रो पार्टीको नीति छ । तर, विगतमा यसका गलत नीति र भूमिकाका कारण राष्ट्र पछाडि पर्नु परेको यथार्थलाई ढाकछोप गर्न हुँदैन । यसको जनविरोधी अर्थराजनीति, राष्ट्रियताका प्रश्नमा लुलो र ढुलमुलेपन, वामपन्थी विरोधी पूर्वाग्रही चिन्तन र यथास्थितिवादको आलोचना गर्ने एवं राष्ट्रिय सरोकारका प्रश्नमा समझदारी निर्माण गर्ने नीतिका साथ अगाडि बढ्नु पर्दछ । 

सङ्घीय समाजवादी फोरम, नेपाल यतिबेला सरकारमा सामेल छ । तराई–मधेसमा क्रियाशील दलहरुमध्ये तुलनात्मक रुपमा उदार र सकारात्मक सोच राख्ने यस शक्तिसँग लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरण एवं तराई–मधेसको सामाजिक आर्थिक रुपान्तरणका लागि सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक छ ।

राष्ट्रिय जनता पार्टी, नेपाल यतिबेला द्विविधामा देखिएको छ । यसका नेताहरुले संविधान संशोधन नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने अभिव्यक्ति दिन थालेका छन् । निरन्तर संवादका माध्यमबाट लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरण  एवं तराई–मधेसको सामाजिक आर्थिक रुपान्तरणमा यस पार्टीलाई पनि सकारात्मक स्थानमा उभ्याउने नीति लिनु पर्दछ । सरकारले नागरिकता सम्बन्धी सरोकारलाई नागरिकता ऐन संशोधन विधेयक मार्फत् संवोधन गरेको छ । तराई मधेस समृद्धिको योजना अगाडि सारेको छ । तराई–मधेसका समस्या समाधानको अगुवाइ हाम्रो पार्टी र यही सरकारले नै गरिरहेको र गर्दै जाने सच्चाइलाई स्थापित गर्न जरुरी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x