×

NMB BANK
NIC ASIA

‘ए’ डिभिजन लिग : आजदेखि नवौं चरणका खेल

पुस २, २०७५

NTC
Premier Steels

काठमाडौं -  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल सोमबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेल सोमबार, मङ्गलबार र बुधबार हुनेछन् । 

Muktinath Bank

सोमबार तीन तथा मङ्गलबार र बुधबार दुई/दुई खेल हुने  लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । सोमबार पहिलो खेल न्युरोड टीम (एनआरटी र हिमालयन शेर्पाबीच हुनेछ । एनआरटी जितविहीन रहँदै एक अङ्कका साथ लिगको पुछारमा छ । एघार अङ्कसहित हिमालयन शेर्पा सातौँ स्थानमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार नै दोस्रो खेल सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । नौ अङ्कसहित सरस्वती नवौँ तथा सात अङ्कसहित जावलाखेल दशौँ स्थानमा छ । खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।
 
सोमबार तेस्रो खेल सङ्कटा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । उपाधिको दाबेदार मानिएको सङ्कटा २१ अङ्कसहित तेस्रो स्थानमा छ । फ्रेन्ड्स क्लब पाँच अङ्का साथ ११औँ स्थानमा छ । सङ्कटा र फ्रेन्ड्सबीचको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ ।
 
मङ्गलबार एपिएफ र मछिद्र क्लबबीच पहिलो तथा च्यासल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो खेल हुनेछ । बुधबार नेपाल पुलिस र ब्रिगेड ब्वाइज तथा थ्रीस्टार र त्रिभुनव आर्मी क्लबीच खेल हुनेछ । सात पटकको लिग विजेता मनाङ तालिकाको शीर्ष स्थानमा छ । थ्रीस्टार र सङ्कटाले उसलाई उपाधि होडमा पच्छ्याइरहेका छन् । मनाङको २४ अङ्कसहित दोस्रो तथा थ्रीस्टार र सङ्कटा २१/२१ अङ्कसहित  क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
 
त्यसैगरी त्रिभुवन आर्मी १८ अङ्कसहित चौथो तथा नेपाल पुलिस र च्यासल युथ क्लब क्रमशः १४ र १३ अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् । हिमालयन शेर्पा क्लब ११ अङ्कसहित सातौँ, १० अङ्कका साथ एपिएफ आठौँ, नौ अङ्कसहित सरस्वती नवौँ, सात अङ्कका साथ जावलाखेल दशौँ, पाँच अङ्कसहित फ्रेन्ड्स ११औँ, चार अङ्कसहित ब्रिगेड ब्वाइज १२औँ,  तीन अङ्कका साथ मछिन्द्र १३औँ तथा एक अङ्कसहित न्युरोड टिम १४ औँ स्थानमा छन् ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x