×

NMB BANK
NIC ASIA

डा गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न परिवारले मानेन, नेपालीको भिसा शुल्क घटाउँदै अमेरिका

पुस ४, २०७५

NTC
Premier Steels

काठमाडौँ– मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । तर अन्त्येष्टि भीआईपीको जसरी नभए सामान्य नागरिकको हैसियतमा गर्न लागिएको हो । 

Muktinath Bank

सरकारले स्वर्गीय गिरीको परिवारलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्नेबारे प्रस्ताव गरेको थियो । तर परिवारले सो प्रस्ताव अस्वीकार गर्दै गिरीकै चाहनाअनुसार साधारण ढंगले अन्तिम संस्कार गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवारका अनुसार डा गिरीले मृत्युपूर्व नै आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिएका थिए । 


Advertisment
Nabil box
Kumari

यसैबीच गिरीको निधनप्रति मंगलबार नै विभिन्न राजनीतिक दलका नेताले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

Vianet communication

बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा पुगेर गिरीको पार्थिव शरीरमा उनहरुले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । 

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणालगायतले श्रद्धाञ्जलि व्यक्त गरे । 

यसैगरी तीनै राप्रपाले डा गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । 

 कलेजोको क्यान्सरको उपचार गराइरहेका  पूर्वप्रम गिरीको मंगलबार बिहान ६ बजे ९३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो
सरकारले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । 

नेपाल आयल निगमको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷ दुई का दरले घटाई समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 

नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ । 

सर्वोच्चको आदेश
सर्वोच्च अदालतले भूमि सुधार कार्यालय र मालपोत कार्यालयमा काम गर्न जाँदा लेखापढी गर्न सक्ने नागरिकले आफैँले फारम गर्न सक्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले भूमि सुधार मन्त्रालयले बनाएको नीतिअनुसार लेखापढी गर्न सक्ने नागरिकले आफैँ फारम भरेर काम गर्न सक्ने आदेश जारी गरेको हो । 

लेखापढी गर्ने अभिवक्ताले आफ्नो पेशा धरापमा परेको उल्लेख गर्दै नापी तथा मालपोतको काममा आफूहरुले फारम भर्ने काम गर्न पाउने उल्लेख गर्दै नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनको केन्द्रीय समितिका तर्फबाट कृष्णप्रसाद दाहालले भूमि सुधार मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए । 

काङ्ग्रेसमा पदाधिकारी विवाद समाधान
नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे विवाद टुङ्गो लगाएको छ । 

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले सो विवादको टुङ्गो लगाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 
 यसअघि विधान मस्यौदा प्रतिवेदनमा सहमति हुन नसक्दा उक्त प्रतिवेदन महासमिति बैठकमा पेश हुन सकेको थिएन । 
पदाधिकारी बैठकले विधानमा कूल १६१ केन्द्रीय समिति रहने र त्यसमा ३३ केन्द्रीय सदस्य समावेशिताका आधारमा सभापतिबाट मनोनीत हुने निर्णय गरेको छ । काङ्ग्रेसमा अब एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने निर्णय भएको छ । 


नेपालीको भिसा शुल्क घटाउँदै अमेरिका
अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप २०० डलर नलिने भएको हो । 
गृहमन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।
 तर अब १६० डलरमात्रै तिर्नुपर्ने गरी समझदारी भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

मेलम्चीमा अन्योल
राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीका म्यानेजर क्रिस्टियानो ग्रेको लगायतको टोली भागेर स्वदेश फर्किन लागेपछि खानेपानी मन्त्रालयले आयोजनाको कामको प्रगति र निकासका विषयमा केन्द्रीय रहेर एक विज्ञप्ति निकालेको छ । मन्त्रालयका प्रवक्ता जगेन्द्र ठाकुरले मंगलबार निकालेको विज्ञप्तिमा विकसित परिस्थितिबाट आयोजनाको निर्माण कार्य प्रभावित नहुने स्पष्ट पारिएको छ । 
मन्त्रालयले निर्धारित कार्यतालिका प्रभावित नहुने गरी विभिन्न विकल्पका विषयमा छलफल भइरहेको भन्दै सीएमसी कम्पनीमार्फत नै पनि आयोजना निर्माण कार्य सम्पन्न गर्न सक्ने अवस्थाबारे पनि मन्त्रालय र मेलम्ची आयोजनाले विभिन्न विकल्प राखेर पराशर्म गरिरहेको विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा क्रिस्टियानोलगायतका प्रतिनिधि अध्यागमनको निगरानीमा रहेको पनि जनाइएको छ । 
हाल आयोजनाको ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको अवस्थामा आर्थिक संकटलगायतको कारण देखाउँदै इटालियन कम्पनी सम्झौताबाट पछि हटेको बताइएको छ । 

आठ प्रहरी अधिकारीविरुद्ध मुद्दा
कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा मंगलबार आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मुद्दा दायर गरेको जानकारी दिए ।  उक्त प्रकरणमा लापरवाही गरेको भन्दै निर्मलाका आमाले घटना अनुसन्धानमा संलग्न आठ जना प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी हुन् । 
हजयात्रीलाई आह्वान
गृह मन्त्रालयले साउदी अरबको मक्का मदिनामा हज गर्न जाने इच्छुक नेपाली मुस्लिम समुदायका व्यक्तिलाई तोकिएको समयभित्रै निवेदन पेश गर्न आह्वान गरेको छ । 

मक्का मदिना जान चाहनेले यही पुस २३ गतेसम्म जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिन सक्ने नेपाल हज समितिको सचिवालयले जनाएको छ । 

गतवर्ष सन् २०१८ मा हज गर्न जान नपाएका हजयात्रीलाई प्राथमिकतामा राखी बाँकी आवेदकमध्ये पहिलो आवेदन गर्ने व्यक्तिलाई दोस्रो प्राथमिकता दिइने समितिले जनाएको छ । हज यात्रामा जान चाहनेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सक्कलै राहदानी पेश गर्नुपर्नेछ । त्यस्तै हवाई टिकट र साउदी अरबमा लाग्ने घरभाडा, परिवहन खर्च, मौल्लिम दस्तुरबापत समितिको बैंक खातामा रु एक लाख २५ हजार जम्मा गरेको बैंक भौचरसहित पेश गर्नुपर्ने समितिले जनाएको छ । 
नेकपा बैठक 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा मंगलबार पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरे । 

सोमबारको बैठकमा १० सदस्यले धारणा राख्दै सरकार र पार्टी नेतृत्वका काम सन्तोषजनक नभएको भन्दै असन्तोष व्यक्त गरेका थिए । 
गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो । 

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समाविष्ट छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गर्नुभएको छ । बैठक खनज  बिहान ८ बजे पुनः बस्ने कार्यक्रम छ । 

इपिएल विजेताले २५ लाख पाउने
एभरेष्ट प्रिमियर लिग (इपिएल)को विजेता टोलीले रु २५ लाख पाउने भएको छ । 

आयोजक इपिएल प्रालिले एक विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो । गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो । गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ । प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x