२९ जेठ २०८३, शुक्रबार

नेपालीहरु विद्वान पूर्खाका सन्तान – प्रधानमन्त्री

नेपालीहरु विद्वान पूर्खाका सन्तान – प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीयतहले पनि राष्ट्रिय शिक्षा नीतिअनुरुप कै नीति तय गर्नुपर्ने बताउनुभएको छ । 

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । 

“अहिले शिक्षाको नीति नियमबनाउने कुरा प्रदेश र स्थानीयतहलाई पनि दिइएको छ तर यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउँदै उनीहरुलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताउनुभएको छ । “यस वर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु ग¥यौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “आगामी बर्षभित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालयबाहिर हुदैन् । ”

नेपालीहरु विद्वान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुची अनुसारको अध्ययनगर्ने अवसर नपांउदा पछि परेको बताउनुभएको छ । अभिभावक र विद्यालयको रुचीअनुसार पढिदिनु पर्दा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रष्फुरण गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“महंगो शुल्क लिएर पढाइरहेका निजी विद्यालयहरुलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “विद्यार्थीको रुची अनुसारको विषय तपाईंको विद्यालयमा पढाइ हुदैन भने  उनीहरुलाई विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस ।”

नेपाललाई विकासमा नेतृत्व गर्नसक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरु छनौट गरेर पठन पाठन हुनु पर्ने प्रधानमन्त्रीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्