×

NMB BANK
NIC ASIA

डम्बरको गायनमा ‘ब्रेक थ्रु’ गर्ने गीत : ‘... तर अन्तिमपल्ट भेट्न आऊ–२’ ल्याउने तयारी

पुस ७, २०७५

NTC
Premier Steels

काठमाडौं – गायक डम्बर नेपाली । उनले २०६४ सालमा एउटा गीत तयार गरे । अनि केही साथीलाई पनि सुनाए । उनलाई छोएको गीतले साथीहरूलाई भने छोएन । 

Muktinath Bank

‘मेरो जीवनबाट जाने भए जाऊ तर अन्तिमपल्ट भेट्न आऊ’ बोलको गीत सुनेर साथीहरू भन्थे, ‘त त पप गीत गाउने गायक, यो त पूरा फिल्मी छ । गीत पनि राम्रो छैन । नगा भो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उनलाई गीतको शब्दले छोएको थियो, संगीतले छोएको थियो । भन्छन्, ‘म बाटोमा हिँड्दा एउटा शब्द सोचिरहेको हुन्छु । एउटा संगीत सम्झेको हुन्छ । तर घर पुग्दा त्यो शब्द बिर्सन्छु, संगीत बिर्सन्छु भने त्यसले मलाई छोएन ।’


Advertisment
Nabil box
Kumari

तर यो गीत उनले जुन दिन सोचे, उनको दिमागबाट कहिल्यै बाहिर जान पाएन । अन्नतः रेकर्ड गराए । गीतले नसोचेको सफलता पायो । धेरै संगीत प्रेमीको मुखमा गीत झुण्डियो । त्यो गीतको चर्चासँग चर्चामा आए, गायक डम्बर नेपाली ।

Vianet communication

नसोचिएको गीतले हंगामा नै मच्याएसँगै उनको गायन यात्राको लय नै फेरियो । उनी देश तथा विदेशका कन्सर्ट तथा मेला महोत्सवमा व्यस्त बन्न थाले ।

उनी भन्छन्, ‘यो गीत मलाई खास चिनाउने, मेरो नामको अगाडि गायक विशेषण थपिदिने गीत भन्न चाहन्छु ।’

यद्यपि उनले त्यसअघि २०६१ सालमा गाएको ‘मेलोडी’ एल्बममा समावेश ‘आज आकाशमा एउटा तारा देखिन’ बोलको गीतलाई पनि संगीतप्रेमीले रुचाएका थिए । तर दोस्रो एल्बम ‘मलाई’मा समावेश ‘... तर अन्तिमपल्ट भेट्न आऊ’ले उनलाई रातारात चर्चामा ल्याएको थियो । 

उनी सम्झन्छन्, ‘सोच्दै नसोचेको सफलता मिलेको थियो ।’

... र प्रमोसनमा लागें

‘मलाई’ एल्मबमा अरु पनि धेरै गीतहरू समावेश थिए । जसमध्ये यस गीतलाई कम प्राथमिकतामा राखिएको थियो । शुरूमा त यस गीतलाई प्रमोसन नगर्ने सल्लाह भएको रहेछ कम्पनीको र डम्बरको । एल्बम सार्वजनिक लगत्तै डम्बर सांगीतिक कार्यक्रमको सिलसिलामा कतार गए ।

त्यहाँ उनले दोस्रो एल्मब बोकेर गएका थिए । उनी सम्झन्छन्, ‘त्यहाँ जाँदा एल्बमका गीतहरू सुनेर प्रायःले यही गीतलाई बढी रुचाए । अनि नेपाल आएर मात्र यस गीतको प्रमोसनमा लागें ।’ उनी गीतको शब्दले युवापुस्तालाई छोएको हुनाले धेरैले रुचाएको बताउँछन् ।

ब्यान्डबाट शुरू भएको गायन यात्रा

मोरङ जिल्लामा जन्मेका डम्बर सानैदेखि गीत गुनगुनाउँथे । गाउँमा हुने सानातिना कार्यक्रममा उनले गीत गाउँथे । पारिवारिक वातावरण नभएपनि उनलाई गीतसंगीतले सानैदेखि तानेको थियो । 

गाउँमा गीत गाउन साथीभाइले प्रोत्साहन गर्थे । त्यहीँ प्रोत्साहनले नै उनलाई संगीततर्फ लाग्न प्रेरित गरिरह्यो । 

गायन प्रतिको मोहले साथीभाइसँग मिलेर स्थानीय ब्याण्ड बनाए – द रेज ब्यान्ड । २०५८ सालमा मोरङको उर्लाबारीमा ब्यान्डले सांगीतिक कार्यक्रम गर्न थाल्यो । डम्बर त्यहाँ गीत गाउन थाले । ब्यान्डबाट उनले एउटा गीत पनि गाएका थिए ।

तर पछि ब्यान्ड फुट्यो अनि डम्बर अब ‘सोलो’ एल्मब निकाल्नुपर्छ भन्नेमा लागे । त्यसपछि उनी २०६१ सालमा काठमाडौं आएर पहिलो एल्मब ‘मेलोडी’ रेकर्ड गराएका थिए । त्यसको ३ वर्षमा उनले दोस्रो एल्मब ‘मलाई’ निकालेका थिए, जसबाट डम्बर चर्चामा आएका थिए । 

‘... तर अन्तिम पल्ट भेट्न आऊ–२’ को तयारी

डम्बरका हालसम्म ५ वटा एल्मबमा ३ दर्जन बढी गीत बजारमा आएका छन् । त्यसबाहेक चलचित्रका गीतमा पनि उनले काम गरिरहेका छन् । ‘कि छाड उसलाई कि मार मलाई’, ‘ब्रिग्रेको मान्छेको भत्केको घर’ लगायत डम्बरका चर्चित गीत हुन् । 

तर यी गीतमध्ये संगीत प्रेमीले डम्बरलाई बढी मात्रामा ‘... तर अन्तिमपल्ट भेट्न आऊ’बाट चिन्छन् । मेला महोत्सव तथा कन्सर्टमा उनलाई यो गीत नगाई सुखै हुँदैन । 

उनका गीत जतिले सुने र हेरे उनलाई भने कमैले चिन्छन् । उनले धेरै अनुभव संगालेका छन्, आफ्नो परिचय दिँदा आफूले गाएका गीतको सन्दर्भ जोडेको । 

आफ्नो नामलाई गीतको लोकप्रियताले छोपेकोमा डम्बर दुःखी भने छैनन् । ‘गीतबाट आफूलाई चिनाउन पाउँदा पनि खुशी नै छु,’ उनी भन्छन्, ‘गीत मैले आफैंले सोचेको, आफैंले लेखेको सिर्जना हो । मेरो कला, मेरो सिर्जनाबाट म चिनिनु भनेको त मेरो लागि भाग्यको कुरा हो ।’

गीतको लोकप्रियताकै कारण उनी ‘... तर अन्तिमपल्ट भेट्न आऊ–२’ ल्याउने तयारीमा लागेको बताउँछन् । ‘यो गीत मेरो छैठौं एल्बममा समावेश गर्नेछु । जुन अब चाँडै नै स्रोता दर्शकमाझ आउने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x