पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
पुस ९, २०७५
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा तैनाथ अमेरिकी सैनिकहरूलाई फिर्ता बोलाउने निर्णय लिएपछि विश्व राजनीति तरंगित भएको छ । युद्धपिपासुहरू ट्रम्पको आलोचनामा शब्द खर्चिरहेका छन् भने शान्तिप्रिय बुद्धिजीवीहरूले यस कदमको प्रशंसा गरिरहेका छन् ।
हतियार उद्योगको पैसा खाएर मूलधारे सञ्चारमाध्यममा आफ्ना युद्धपक्षधर धारणा राख्ने बुद्धिजीवीहरूको रिसको पारो चढेको छ । युद्धले पाठकको ध्यान तान्ने भएकाले मूलधारे सञ्चारमाध्यम पनि युद्धको निरन्तरतालाई जोड दिइरहेका भेटिन्छन् ।
ट्रम्पले आफ्नो दुई वर्षे शासनकालमा अनेकौं आलोच्य तथा बहुलट्ठीपूर्ण निर्णय लिएको भए पनि सिरियाबाट सैनिक हटाउने चाहिँ उनको बुद्धिमत्तापूर्ण निर्णय हो । सिरियामा भइरहेको युद्धमा अमेरिकाको उपस्थिति आवश्यक नै हैन । त्यहाँ अमेरिकाको सुरक्षा चासो पनि खासै छैन । अनि सिरियामा भइरहेको युद्धका कारण छाएको मानवीय त्रासदीलाई अन्त्य गर्ने तथा त्यस देशमा स्थिरता ल्याउने क्षमता पनि अमेरिकासँग छैन ।
ट्रम्पका आलोचकहरूले इस्लामिक स्टेटका आतंकवादीहरू निर्मूल नभइसकेकाले अमेरिका सिरियाबाट हट्न नहुने तर्क पेश गरिरहेका छन् । हो, आतंकवादीहरू निर्मूलै त भइसकेका छैनन् तर तिनीहरू निकै अशक्त भने भइसकेका छन् । उनीहरूले आफ्नो रणनीति बदलेर पश्चिमका शहरहरूमा गुरिल्ला शैलीमा आक्रमण गर्ने र सानो स्केलमा धनजनको क्षति गराउनेतर्फ जोड दिइरहेका छन् । अमेरिका तथा पश्चिमी मुलुकले त्यो खतरालाई डील गर्नतिर ध्यान दिनु जरूरी छ ।
सिरियामा स्थिरता नआउन्जेल अमेरिकी सैनिकहरू त्यहीँ रहनुपर्ने तर्क ट्रम्पका आलोचक गर्छन् । तर अमेरिकाले युद्धको प्रमुख कारणका रूपमा रहेको उग्रवादलाई अन्त्य गर्ने क्षमता देखाएको इतिहास पाइँदैन । इराक, लिबिया र अफगानिस्तानमा युद्धको शृंखला चलाएर ती देश र वरपरका क्षेत्रमा अस्थिरता मच्चाउने काम अमेरिकी नेतृत्वको पश्चिमी गठबन्धनले गर्दै आएको कुरा घामजत्तिकै छर्लंग छ । त्यो गठबन्धन भत्काउन मात्र जान्दछ, सपार्नतिर त्यसको बुद्धि जाँदैन । त्यसमाथि अमेरिकाको सानो उपस्थितिले सिरिया र वरपरका क्षेत्रमा स्थिरता ल्याउन पनि सक्दैन ।
अनि सिरियामा भइरहेको युद्ध जटिल किसिमको छ । द नेसनल इन्टेरेस्टमा डउग बान्डोले लेखेअनुसार, युद्धमा अनेकथरी तत्त्वहरू संलग्न छन् । अमेरिकाले त्यहाँ के के मात्र गर्न सकोस् ? त्यहाँ कुर्दहरूको संरक्षण गर्नुपर्नेछ, टर्कीलाई सन्तुष्ट बनाउनुपर्नेछ, इरानीहरूको प्रभाव न्यूनीकरण गर्नुपर्नेछ, असद सरकारलाई आफ्ने जनता मार्नबाट रोक्नुपर्नेछ अनि रुसको प्रभावलाई घटाउनुपर्नेछ । यत्तिका धेरै काम एक्लो अमेरिकाले गर्ने सम्भावना छैन ।
त्यसमाथि अमेरिकी कंग्रेसले सिरियामा सैन्य कारवाही चलाउने अधिकार पनि सरकारलाई दिएको छैन । सन् २०१३ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले सिरिया युद्धका लागि कंग्रेसको अनुमति खोजेको भए पनि कंग्रेसले उनको प्रस्ताव लत्त्याइदियो । र कंग्रेसले अधिकार दिनुपर्ने कुनै कारण पनि छैन किनकि सिरिया अमेरिकाका लागि सुरक्षा खतरा नै हैन । स्पुतनिकमा प्रकाशित फिनियन कनिङघमको शब्द सापट लिएर भन्नुपर्दा कंग्रेसले यो युद्धको अनुमति नदिएको अवस्थामा ‘विगत चार वर्षदेखि सिरियामा रहेका दुईहजार अमेरिकी सैनिक र थुप्रै युद्धविमानहरू उक्त देशमा अवैध रूपमा उपस्थित छन् ।’
त्यसमाथि बहुसंख्यक अमेरिकी जनता अन्य देशमा भएका युद्धको पक्षमा छैनन् । मूलधारे सञ्चारमाध्यममा कब्जा जमाएका केही बुद्धिजीवी चिच्याएपनि अमेरिकी जनतालाई आफ्नो देशले संसारको ठेक्का लिँदै हिँडेको चित्त बुझेको छैन । त्यस्ता जनताका भावनालाई नै ट्रम्पले प्रतिनिधित्व गरेका हुन् ।
विश्वका अन्य मुलुकमा भएका संघर्षमा अमेरिकाको संलग्नता घटाउने अनि आफ्नै देशको विकासमा लाग्ने प्रतिज्ञाका साथ ट्रम्पले राष्ट्रपति चुनाव जितेका हुन् । उनले जनताको भावनालाई कदर गर्नैपर्ने थियो र अहिले आएर अमेरिकी सैनिक फिर्ताको निर्णय लिए । द एसिया टाइम्समा एमके भद्रकुमारले स्पष्ट शब्दमा लेखेका छन्, ‘अमेरिकाले अन्य मुलुकमा गरेका अन्त्यहीन युद्धबाट थाकिसकेका बहुसंख्यक अमेरिकीहरूको समर्थन ट्रम्पलाई छ । त्यसले पनि ट्रम्पको राजनीतिक गणितमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।’
सिरियाबाट सैनिक फिर्ता बोलाउँदा रुससँग हारेको जस्तो हुने प्रतिक्रिया केही अमेरिकी सांसदहरूले दिएका छन् । तर द वाशिङटन पोस्टमा आरोन डेभिड मिलर र रिचर्ड सोकोल्सकाईले तर्क गरेअनुसार, ट्रम्पको सैन्य फिर्ती निर्णयले सिरियामा अमेरिका हारेको हैन । सिरियामा रहेको सैन्य र राजनीतिक सन्तुलनमा लामो समयदेखि रुस र इरानको पल्ला भारी छ र अमेरिकाले त्यो सन्तुलनलाई आफ्नो पक्षमा पार्नै सकेको छैन । असदलाई रुस र इरानले कुनै हालतमा पनि सत्ताच्युत हुन दिने पक्षमा छैनन् । अमेरिकाको कमजोर सैन्य उपस्थिति र त्यहाँको युद्धप्रति जनताको न्यून समर्थनका कारण अमेरिकाले रुस र इरानसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिति छैन ।
अनि इस्लामिक स्टेटलाई पूरै निमिट्यान्न पार्न पनि अमेरिकाले सक्दैन । त्यसो त इस्लामिक स्टेट सिरियामा मात्र सीमित छैन । उसको उपस्थिति इराकमा पनि छ र उससँग सम्बन्ध कायम गरेका विभिन्न समूह पश्चिम एसिया र उत्तर अफ्रिकाका मुलुकमा व्याप्त छन् ।
अनि आईएसविरुद्धको युद्धमा अमेरिकाले कुर्दहरूसँग साझेदारी गरेकोमा कुर्दहरूलाई टर्कीले पटक्कै सहँदैन । अनि टर्कीलाई चिढ्याउँदा अमेरिकाले महत्त्वपूर्ण भूराजनीतिक साझेदार गुमाउनेछ । सैन्य फिर्तीको निर्णयले कुर्दहरूलाई धोका दिएको हो भनी ट्रम्पको आलोचना गरिएको भए पनि अमेरिकाले कुर्दलाई जहिले पनि आईएसविरुद्धको हतियारका रूपमा मात्र उपयोग गर्यो, उनीहरूको छुट्टै राज्यको चाहनालाई सिरिया र टर्की सरकारसमक्ष कहिल्यै गम्भीरतापूवर्क उठाएन ।
माथि पनि उल्लेख भएजस्तै अमेरिकाले सिरियामा स्थिरता ल्याउने क्षमता नै राख्दैन । सिरियाको छिमेकी इराकमा अमेरिकाले लोकतन्त्र ल्याउनका लागि भन्दै गरेको युद्धले उक्त देश स्थिर भएन, उल्टो त्यहाँ उग्रवादी इस्लामले टाउको उठायो । त्यो उग्रवादले उक्त क्षेत्रका क्रिस्चियन र याजिदीहरूको व्यापक विनाश गर्यो । त्यसैले गर्दा जन्मिएको आप्रवासी संकटले अहिले युरोपलाई समेत आक्रान्त पारेको छ ।
सिरियामा अमेरिकाको उपस्थिति अहिले पूर्णतः अनावश्यक देखिएको छ । ट्रम्पले त्यहाँबाट सैनिक फिर्ता लिने निर्णय लिनु सही कदम हो । अनावश्यक युद्धमा अल्झिबस्नुभन्दा अमेरिकाले विश्व शान्तिमा लाग्नु उचित हुन्छ । तर ट्रम्पको सैन्य फिर्ती निर्णयलाई हतियार उद्योगका मतियारले असफल बनाउने जोखिम पनि छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...