बालबालिकालाई हौसला र गालीः सामान्य रूपमा गरिएको गम्भीर गल्ती !

पुस १२, २०७५

फरक फरक व्यक्तिलाई एकै स्थान, विषय वा प्रसंगमा उसको अवस्था तथा हैसियतका आधारमा गरिने असमान व्यवहारहरु भेदभाव हुन् । व्यक्तिहरुले उपभोग गर्ने अवसर, सुविधा तथा अर्काे व्यक्तिद्वारा त्यसमाथि गरिने असमान वितरण देखिने गरिका विभेद हुन् । भेदभावलाई यतिले मात्र समेट्न सक्दैन । कुनै व्यक्ति दोस्रो पक्षसँग सम्बन्धित तथा असम्बन्धित भएको अवस्थामा पनि उसबाट हुने तथा भएका बोली, छुवाई, हेराई व्यवहारहरुले दोस्रो पक्षलाई नराम्रो असर परिरहेको हुन्छ । 

भेदभावले मानिसको समग्र विकासमा प्रत्यक्ष एवम् अप्रत्यक्ष असर परिरहेको हुन्छ । यसले व्यक्तिलाई अवसरबाट वञ्चितिकरणदेखि, व्यक्तित्व विकास, सामाजिक घुलनमा अवरोध, आत्मसम्मानमा चोट पु¥याउनेदेखि मनोसामाजिक असरका साथ मानसिक आघातसम्म हुन पुग्दछ ।  यसलाई नेपालको संविधान, बालबालिका सम्बन्धी कानुनले स्पष्ट परिभाषासहित व्याख्या गरी यसको विरुद्ध जाने जोकोहीलाई कानुनी कारवाहीको समेत व्यवस्था गरेको छ । 


ADVERTISEMENT

नेपालको संविधान २०७२, प्रस्तावनामा नै जनताको सार्वभौम अधिकारको संरक्षण गर्ने, सबै प्रकारका विभेद अन्त्य गर्ने बिषयलाई जोड दिइएको छ । यसै गरी समानताको हकमा  राज्यले नागरिकहरुका बीचमा धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, भाषा आदि कुनै पनि आधारमा भेदभाव गर्ने छैन् ।

मौलिक हक भित्र बालबालिकाको हक (३९-७),मा कुनै पनि बालबालिकालाई घर विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाईने छैन । साथै बालबालिकाको सबैखाले भेदभाव विरुद्धको अधिकार सुरक्षित गरेको छ । यसरी बालबालिकाको पक्षमा संविधानले नै विशेष जोड दिएको छ । 

बालबालिका सम्बन्धी ऐन २०७५ ले  कुनै पनि बालबालिकालाई उसको  परिवार वा संरक्षकको धर्म, वर्ण जाती लिंङ्ग उत्पती भाषा, संस्कृती, वैचारिक आस्था, शारीरिक तथा मानसिक अवस्था, अपाङ्गता, वैवाहि स्थिति, पारिवारिक हैसियत पेशा, स्वास्थ्य तथा आर्थिक सामाजिक स्थिती, भौगोलिक अवस्था अन्य कुनै आधारमा भेदभाव गरिने छैन भनी स्पष्ट व्यवस्था गरेको छ । साथै आप्mना र धर्म पुत्रपुत्रीको बीचमा कुनै पनि भेदभाव गर्ने छैन भनी भेदभाव हुनबाट जोगाउन विशेष सचेत देखिन्छ । यदी कही कोहीबाट बालबालिका माथि कुनै पनि भेदभाव भएमा त्यस्ता भेदभाव गर्नेलाई रु.५० हजार रुपैया जरिवाना वा एक वर्षसम्म कैद सजायको व्यवस्था पनि गरेको छ । 

बालअधिकार महासन्धि १९८९ (२) कुनै पनि वहाना वा कारण बालबालिकालाई सबै खाले भेदभावबाट जोगाउने राज्यको दायित्व हो ।

बालबालिकामाथि हुनसक्ने सबै खाले भेदभावबाट संरक्षण गर्न गराउँन संविधानदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुले महत्वपूर्ण व्यवस्था गरेको छ । यसलाई थप व्याख्या गर्दै परिवारीक तथा संरक्षकसँग जोडेर होस् वा बालबालिकाको व्यक्तिगत अवस्थाका कारण कुनै पनि कारण वा अवस्थामा भेदभाव हुनु हुँदैन भनी पूर्णरुपमा संरक्षणको सुनिश्चितता गरेको छ । भेदभावको कारण बालबालिकाको जीवनमा नकारात्मक प्रभाव पर्न जानेछ । भेदभावले बालबालिकाको जीवन नरक पूर्ण हुन जानेछ । हामीले कल्पना गरेको सक्षम र सिर्जनशिल बालबालिकाको मनोविज्ञानमा र सीपमा पूर्ण विराम लाग्दछ । त्यसैले जानेर वा नजानेर कोही कसैबाट बालबालिकामा भेदभाव गर्नुहुँदैन, हुनुहुँदैन ।    

सिद्धान्त र कानुनले व्यवस्था गरे अनुरुपम नै हामीले हाम्रो व्यवहारमा प्रयोगमा ल्याएका छौ त ?  प्रत्यक्ष देखिने खाले भेदभाव भएमा प्रतिवाद गर्ने परिपाटीको विस्तारै विकास भइरहेको छ । तर हामीबाट अन्जानमा कुनै भेदभाव हुँदा भेदभावमा पर्ने कुनै बालबालिका बाहेक अरुले कतै अनुभव नै नगरिएको अवस्था छ । हामीले सकेसम्म आफ्ना कारणले कतै भेदभाव भएको छ की भनेर ख्याल मात्र गरेमा पनि बालबालिकामा हुने भेदभाव न्यूनिकरण हुँदै जान्छ । 

हामी कसैको परिवार वा सार्वजनिक ठाउँमा जाँदा कुनै सफा लुगा लगाएको गोह्रो अनुहारको बालक वा बालिकामा आँखा जान्छ त्यो स्वभाविक हो । सो समय उक्त बालबालिकालाई मायालु भावले हातते छुनु माया गर्दै प्रसंशा गर्न पुग्दछौ । त्यतिनै बेला अन्य बालबालिका जसले पुरानो कपडा लगाएको छ, अनुहार मलिन छ, खासै  आकर्षक नलागेर तपाईले वास्ता नगर्दा ति बालबालिकाको मनमा तपाईबाट विभेद भएको आनुभूति हुन्छ । उनीहरु तपाईबाट समान व्यवहारको अपेक्ष गरिरहेका हुन्छन्  ।  

कक्षामा कुनै कुनै आकर्षक अनुहारको विद्यार्थीलाई कुनै शिक्षकद्वारा राम्रो बोली र व्यवहारले उसमा सधैं सकारात्मक प्रभाव पार्दै सिकाईमा प्रत्येक्ष राम्रो प्रभाव परिरहेको छुन्छ । त्यही कसैको सोचमा आकर्षक, केही मैलो देखिने बालबालिकामाथि प्रयोग गरिने शब्द र व्यवहारले सधैं उसलाई शिक्षकबाट टाढा पुर्‍याई रहेको हुन्छ । यसरी टाढा पुग्नु र उसको नजरमा शिक्षकले उसलाई सधंै नराम्रो व्यवहार गर्छ भन्ने छाप पर्नुले उसको आत्मबलमा क्षती पुगेकको हुन्छ जसका कारण सिकाइमा ध्यान केन्द्रित हुँदैन र अझ कमजोर बन्दै जान्छ । 

विद्यालय, कक्षाकोठा, सामाजिक कार्यक्रम वा अन्य कुनै विशेष स्थानमा समूहमा साना बालबालिकालाई स्वागत गरिँदै छ । उक्त अवसरमा कुनै एक वा केही खास बालबालिका प्रति स्वागत गर्ने व्यक्तिको ध्यान केन्द्रित भयो उसलाई विशेष ध्यान दिन पुगियो र सँगै भएको वा भएका कुनै बालबालिका तपाईबाट समान व्यवहार चहान्थ्यो । उसले हेपेको अनुभूति गरेमा अवका दिनमा उक्त बालबालिकाको नजरमा  तपाईलाई हेर्ने नजरमा आजैबाट नकारात्मक धारण बन्न पुग्दछ । उसले तपाईबाट खासै सकारात्मक र प्रसंशनिय कार्यको अपेक्षा नै गर्दैन । 

कक्षा कोठा, सभाहल वा सार्वजनिक ठाउँमा तपाई हामीले कुनै फोहरी लाग्ने वा कामजोर विद्यार्थीलाई संझाउने नाममा प्रयोग गर्ने शब्द कुनै जात, भाषा एवम् खास बालबालिकाको बोली व्यवहारलाई नक्कल गरेर हुन गएमा उक्त समूहमा पर्ने बालबालिकामा नराम्रो असर परिरहेको हुन्छ । 

हामीले दिने स्यावासी तथा पुरस्कारमा पनि कहिले सामान्य अबसरमा पनि केहीलाई स्याबासी र पुरस्कृत गर्न पुग्दछौ भने कहिले राम्रो काम गर्दा पनि स्यावासी गर्न भुल्दछौ । यो पनि करिब समयकै बीचमा यसले पनि स्यावासी नपाउने बालबालिकामा आफूलाई विभेद गरेको अनुभूती हुन पुग्दछ । 

हामीबाट सामान्य ध्यान नपुगर हुनपुगेका वा भएका यी केही उदाहरण मात्र हुन् । यस्तो व्यवहार तथा  घटनाबाट बालबालिका र हाम्रो बीचको सम्बन्धमा दरार आउँनुको साथै एक अर्कामा विश्वासको संकट पनि पैदा हुन पुग्छ । बालबालिकाले कुनै घटनाका कारण आफूलाई भेदभाव गर्ने, सधैं अपमान गर्ने कहिल्यै माया नगर्ने भन्ने व्यक्तिको रुपमा हामीलाई राख्न पुग्दछ । यसले गर्दा बालबालिकाले सो व्यक्तिका हरेक कार्यलाई नकारात्म देख्दछ  ।

यसरी कुनै पनि व्यवहार, बोली व्यवहारका कारण जो कोहीबाट पनि बालबालिकाले विभेद भएको महँसुश गरेमा उसबाट सकारात्मक भन्दा नकारात्मक नतिजा निस्कन्छ । यसरी बालबालिकाको सिर्जनात्मक क्षमतामा कमजोर हुँदै जान्छ । उ रिसाहा, हुँदै जान्छ । आत्म विश्वासमा कमी आउँछ र नकारात्मक कामप्रति आक्रषर्ण हुन पुग्दछ । त्यसैले हामी बालबालिकासँग भएको समयमा उनीहरुका बीचमा गर्ने व्यवहार, बोल्ने भाषा, हाउभाउ, जोक्स, उदाहरण तथा कामको बाँडफाडमा विशेष ध्यान दिनु अपरिहाय छ ।  

कानुनले व्यवस्था गरेका सबैले सजिलै ध्यान पुग्ने तथा देखिने गरी भएको भेदभावमा त कानुनी रुपमा कारवाही होला । कानुनी कारवाहीबाट सामाजिक न्याय त मिल्ला तर खुकुरीको चोट अचानोलाई भने झै हाम्रो बोली र व्यवहारबाट बालबालिका माथि भएको विभेदबाट उनीहरुमा पर्न गएको मानसिक, भावनात्मक तथा विकासमा परेका क्षतीबाट पून सामान्य अवस्थामा फर्काउन निक्कै  मिहनत र समय खर्चनु पर्नेछ  । त्यसै आफूबाट बालबालिकामा विभेद नहुने अवस्था सिर्जना गर्न हरेक व्यक्ति सचेत बनौं ।                                                                                                                                                                                         
 

पुस १२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार