×

NMB BANK
NIC ASIA

५२ करोडमा किनेको जग्गामा सुकुम्बासीको बसोबास, राजनीतिक दलका कार्यकर्ताको ‘बार्गेनिङ’

पुस १५, २०७५

NTC
Premier Steels

धनगढी– कैलालीको गोदावरी नगरपालिका–८ हरैयास्थित विवादित जग्गामा करोडौं लगानी गरेका पोखराका व्यवसायी विमल बसेलको लगानी अझै सुरक्षित हुन सकेको छैन ।

Muktinath Bank

व्यवसायी बस्यालसहित ५ जनाले गत वर्ष शौभाग्य रियल स्टेट एण्ड हाउजिङ्ग कम्पनीको नाममा २३ विघा जमिन ५२ करोडमा खरिद गरेका थिए । दाङका रणबहादुर शाहको नाममा रहेको सो जग्गामा सशस्त्र द्वन्द्वताका तत्कालीन नेकपा माओवादीले कव्जा गरी सुकुमबासीलाई बसाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जग्गा खरिदपछि व्यवसायी बसेलले त्यहाँ बसेका सुकुमबासीहरु मध्ये कसैलाई जग्गा त कसैलाई पैसा दिएर व्यवस्थापन गर्दै आएका छन् । तर नयाँ–नयाँ सुकुमबासी थपिने क्रम जारी रहनु र विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आफूलाई पैसा नदिए सुकुमबासीबाट कब्जा गराइदिने धम्की दिदै आएपछि उनी आक्रान्त बनेका छन् ।


Advertisment
Nabil box
Kumari

‘म यहाँ मात्रै होइन, पहिलैदेखि सामाजिक कार्यमा पनि संलग्न छु । जग्गा खरिद गरिसकेपछि सुकुमबासीहरुलाई डण्डा देखाएर धपाउने सल्लाह पनि मलाई नआएको होइन । तर म कहिल्यै त्यस्तो सोचिन । बरु गरीबहरुलाई धपाएर दुःख दिनु भन्दा उनीहरुलाई व्यवस्थापन गर्ने कार्यमा लागे । तर आजभोलि विभिन्न पक्षले पैसा मागेर बार्गेनिङ गर्न थालेपछि असहज भएको छ’, धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै व्यवसायी बसेल भने ।

Vianet communication

व्यवसायी बसेलले हरैयामा बसेका ६२ जना सुकुमवासी परिवारलाई धनगढी उपमहानगरपालिका–१७ धुरझन्नामा १/१ कट्टाको दरले जग्गा खरिद गरी बसाएका छन् । जसमा मात्रै ३ करोड लगानी गरेको उनको भनाइ छ । त्यस्तै, उनले ३७ परिवारलाई नगद २ लाख ८ हजारका दरले रुपियाँ दिई व्यवस्थापन गरेका छन् । भने जग्गा अझै बसिरहेका २८ परिवारलाई उनीहरुकै इच्छा अनुसार व्यवस्थापन गर्ने उनको भनाइ छ । तर थप सुकुमबासी आउने कुराले आफूलाई अप्ठेरो भएको व्यवसायी बसेल बताए ।

व्यवसायी बसेलले जग्गा खरिददेखि सुकुमबासी व्यवस्थापनसम्म हालसम्म आफुले ५६ करोड लगानी गरिसकेको जनाएका छन् ।

जानी–जानी यस्तो दलदलमा कसरी फस्नु भयो ? भन्ने जिज्ञासामा उनी भन्छन्–‘रणबहादुर शाह र म बीच चितवनको सेती चुरोट करखानाको जग्गा किनबेचको सहमति भएको थियो । तर त्यहाँको जग्गा नदिएर मलाई यहाँको जग्गा दिलाइयो । यहाँको जग्गा देखाएपछि उताको लगानी यता झोसियो । तर हाल धमिलो पानीमा माछा मार्ने काम भयो ।’ 

राज्यकै कानूनको अधिनमा रही जग्गा खरिद गरेको र औद्योगिक विकासको लागि नै ठूलो लगानी गर्ने योजनामा रहेकोे बताउँदै उनले आफ्नो लगानीको सुरक्षा राज्य र समाजले गर्नुपर्ने माग राखेका छन् । 

हरैयाको सो जग्गामा तत्कालीन माओवादीले बसाएका सुकुमवासीहरुले आफुहरुलाई उचित व्यवस्थापन नगरेसम्म जग्गा नछोड्ने अडान लिदै आएका थिए । पछिल्लो समय सो हरैया सुकुमवासी वस्ती राजनीतिक दलहरुको राजनीति गर्ने खेल मैदानमा परिणत भएको थियो । जुन जग्गा प्रकरणमा नेकपाका नेता लेखराज भट्टदेखि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासम्मको नाम जोडिएको छ ।

हरैयामा ५ तारे होेटल स्थापना गर्ने

व्यवसायी बसेलले हरैयाको सो जग्गामा १ अर्बको लगानीमा केही उद्योग र होटेल स्थापना गर्ने बताएका छन् । एउटा मिनरल वाटर कम्पनी, ५ तारे होटल र थारु कल्चर झल्किने घरहरु निर्मााण गर्ने योजना रहेको बताउँदै उनले १ अर्ब लगानी गर्ने जनाएका छन् ।

व्यवसायी बसेल गण्डकी मेडिकल कलेजको संस्थापक पनि हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x