×

NMB BANK
NIC ASIA

अन्तिम टेस्ट बराबरीमा टुंगिएपछि भारतले जित्यो शृंखला, बन्यो इतिहास

पुस २३, २०७५

NTC
Premier Steels

काठमाडौं — अस्ट्रेलियाको सिड्नीमा सोमवार पानी परिरहेर अन्तिम दिनको खेल सम्भव नभएपछि शृंखलाको चौथो तथा अन्तिम खेल बराबरीमा टुंगिएको छ । 

खेल बराबरीमा टुंगिएपनि भारतले शृंखला जितेर इतिहास रचेको छ । अस्ट्रेलिया भ्रमण गरेको ७१ वर्षपछि भारतले बल्ल शृंखला जित्न सकेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६२२ रनको विशाल स्कोर बनाएर पारी घोषित गरिदियो । चेतेश्वर पुजाराले शानदार १९३ रन बनाए । कुल ३७३ बलको सामना गरेका पुजाराले २२ चौका प्रहार गरे । दोहोरो शतक बनाउनबाट
उनी सात रनले चुके । उनलाई नाथन लियोनले कट एन्ड बोल्ड गरे ।

अनि विकेटकीपर ऋषभ पन्तले १८९ बलमा तीव्र १५९ रन बनाए । उनले १५ चौका र एक छक्का प्रहार गरे ।

पुजारा र पन्तबीच छैठौं विकेटका लागि १८९ को विशाल साझेदारी बन्यो । त्यसपछि सातौं विकेटका लागि पन्त र रवीन्द्र जडेजाका बीच २०४ रनको साझेदारी बन्यो । जडेजाले ८१ रन बनाए । 

अन्य ब्याट्स्म्यानमा मयंक अग्रवालको ७७ रन उल्लेखनीय रह्यो ।

अस्ट्रेलियाका बलरहरूलाई भारतीय ब्याट्स्म्यान निकै भारी ठहरिए । नाथन लियोनले चार विकेट त लिए तर त्यसका लागि १७८ रन खर्चिए । प्रमुख चार बलर सबैले सयभन्दा बढी रन दिए ।

जवाफमा ब्याटिङ गरेको अस्ट्रेलियाले राम्रो प्रदर्शन गर्न सकेन र जम्मा ३०० रनमा अलआउट भयो । ओपनर मार्कस ह्यारिसले सर्वाधिक ७९ रन बनाए ।

भारतका लागि कुलदीप यादवले पाँच विकेट हात पारे । मोहम्मद शामी र रवीन्द्र जडेजाले दुई दुई विकेट लिए । 

पहिलो पारीमा ३२२ रनले पछि परेको अस्ट्रेलियालाई भारतले फलोअन गरायो । अस्ट्रेलियाले चार ओभर खेलेर ६ रन बनाउँदा पानी पर्न थाल्यो । त्यसपछि लगातार पानीले खेलमा बाधा तेर्स्याएपछि खेल बराबरीमा टुंगियो ।

भारतका ब्याट्स्म्यान चेतेश्वर पुजारा म्यान अफ द म्याच र म्यान अफ द सिरिज घोषित भए ।  

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x