×

NMB BANK
NIC ASIA

'हाम्रै दूधले प्रधानमन्त्री समेत पालिन्छन्, लगानी उठेन भनेर कोसँग झगडा गर्नु !'

पुस २६, २०७५

NTC
Premier Steels

काठमाडौं – सरकारी बेवास्ता र सहकारी तथा दुग्ध व्यवसायीको मनोमानीका कारण दूध उत्पादक कृषकहरू मर्कामा पर्ने गरेका छन् ।

Muktinath Bank

किसानबाट अति नै न्यून मूल्यमा खरिद गरेको दूध दुग्ध व्यवसायीहले ठाउँको ठाउँ प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म मूल्य थपेर बेच्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किसानबाट दूध खरिद गर्दा फ्याट (दूधमा रहेको चिल्लो पदार्थ)को हिसाबले मूल्य निर्धाण हुन्छ । गाईको दूधको कुरा गर्दा अधिकांश कृषकले प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्म मूल्य पाउने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

चितवनका दुग्ध किसान शम्भु घिमिरेले आफूले प्रतिलिटर ५० रुपैयाँका दरले दूध बिक्री गर्दै आएको बताए ।

Vianet communication

जर्सी जातका गाई पालेका उनले गाईलाई खुवाउने दाना र घाँस लगायतका वस्तुको खर्च जोड्दा दूध बिक्रीबाट नाफा नरहेको गुनासो गरे ।

‘महिनाभरी दूध बिक्री गरेर त्यही १० देखि १२ हजार रुपैयाँको हिसाब किताब हुन्छ,’ उनले भने, ‘खासै फाइदा हुँदैन । गाईलाई खुवाउने दाना र घाँस खरिदमै ठिक्क हुन्छ ।’

घिमिरेले आफूले ५० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गरेको दूध बजारमा उपभोक्ताले ७० रुपैयाँदेखि ७२ रुपैयाँमा किन्नु पर्दा आफूलाई चित्त नबुझेको बताए । ‘मैले ५० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गरेको दूध बजारमा ७० रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने, ‘कि त हामीलाई ६० रुपैयाँसम्म दिए हुन्थ्यो, कि उपभोक्ताले ६० रुपैयाँमा पाए हुन्थ्यो ।’

६० रुपैयाँसम्ममा बिक्री गर्न पाए दूध उत्पादनको प्रतिफल पाइने उनको भनाइ छ । ‘हामीले ५० रुपैयाँमा बिक्री गरेको दूध तपाईंहरूले ६० रुपैयाँमा पाए पनि ठिकै हो,’ घिमिरेले थपे, ‘अब सरकारले नै दूधको गुणस्तरमा सुधार ल्याउने अभियान चलाएर दूधको उचित मूल्य समेत तोक्नु पर्छ ।’

त्यस्तै चितवनकै गाईपालक कृषक डोलप्रसाद धमलाले समय हेरेर ४० रुपैयाँ लिटरदेखि ५० रुपैयाँसम्म दूधको मूल्य पाउने गरेको बताए । ‘दूधको मूल्य लिटरको कुनै बेला ४० रुपैयाँ पाइन्छ, कुनै बेला ५० रुपैयाँ पनि आउँछ,’ उनले भने ।

फ्याटका आधारमा मूल्य निर्धारण हुने भएकाले मूल्यमा एकरूपता नरहेको  उनको भनाइ छ । ‘यिनीहरूले फ्याट निकाल्छन् नि, त्यो फ्याटका आधारमा हामीले मूल्य पाउँछौं,’ उनले भने, ‘यो मूल्य ठीक त छैन । तर ठीक भएन भनेर कोसँग झगडा गर्नु?’

प्रधानमन्त्रीसम्म उच्च ओहोदाको व्यक्ति समेत आफूहरूले नै उत्पादन गरेको दूधले पालिने गरेको भन्दै धमलाले प्रधानमन्त्रीसँग झगडा गर्न कसरी जानु भन्ने प्रश्न समेत गरे । ‘यहाँदेखि सिंहदरबारका हाकिमहरूसम्म हाम्रै दूधले पालिन्छन्,’ उनले भने, ‘अब हामीले दूधको उचित मूल्य तोकिदिनु भनेर झगडा गर्न सिंहदरबार कसरी जानु ?’

आफूहरूले उत्पादन गरेको दूधको मूल्य पानीको भन्दा पनि सस्तो रहेको धमलाको गुनासो छ । ‘६० रुपैयाँ प्रतिलिटरसम्म पाए त ठीकै हो,’ उनले भने, ‘हाम्रो दूध भन्दा पानी महंगो छ । कसलाई के भन्नु ?’

तलदेखि माथिसम्मका सबैलाई किसानले पाल्नु परेको अवस्थामा स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मले किसानलाई उपेक्षा गरेको उनको गुनासो छ ।

चितवन रत्ननगरकै गाईपालक किसान किशोर बगाले सरकारले दूध उत्पादन गर्ने वातावरण बनाइदिनुपर्ने बताउँछन् ।  कसरी गुणस्तरीय दूध उत्पादन गर्न सकिन्छ, त्यो जानकारी किसानलाई पनि भएको तर, सरकारले उपलब्ध गराउनुपर्ने सुविधा उपलब्ध गराउन नसकेको बगालेको भनाइ छ ।

किसानको दूध संकलन गर्दै आएका दुग्ध सहकारीहरूले भने सहकारी सञ्चालन खर्च, भाडा लगायतका खर्च जोड्दा दूधको मूल्य बढ्ने प्रतिक्रिया दिए । संस्था सञ्चालन, दूध ढुवानी लगायतका खर्च समेत जोड्दा दुधको मूल्य औसतमा ७० रुपैयाँसम्म पुग्ने गरेको उनले बताए । 

मनकामना दुग्ध उत्पादन सहकारीका सञ्चालक बलराम हुमागाईंले ४८ रुपैयाँ देखि ५२ रुपैयाँ प्रतिलिटरका दरले आफूहरूले किसानबाट दूध खरिद गर्ने र ५६ देखि ५८ रुपैयाँ प्रतिलिटरका दरले आफूहरूले बिक्री गर्ने गरेको बताए । ‘हामीबाट किसानले ५० देखि ५२ रुपैयाँ प्रतिलिटरका दरले पाउने गर्छन्,’ उनले भने, ‘सहकारी सञ्चालन खर्च, ढुवानी खर्च, नाफा लगायतका खर्च जोडेर ५८ रुपैयाँ प्रतिलिटरका दरले हामीले डेरी उद्योगलाई बिक्री गर्छौं, ।’

चितवनकै झवालीमा रहेको गौरीधारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सहकारी सञ्चालक खर्च, ढुवानी खर्च र नाफा जोडेर डेरी उद्योगीलाई ५८ रुपैयाँ प्रतिलिटरसम्ममा दूध बिक्री गर्ने गरेको जानकारी जनाएको छ ।

किसानले उत्पादन गरेको दूधको मूल्य उपभोक्तासम्म पुग्दा झण्डै दोब्बर हुन्छ । किसान र उपभोक्ताको बीचमा रहेका बिचौलियाहरूका कारण न त उपभोक्ताले सुलभ मूल्यमा दूध पाउन सकेका छन्, न किसानले उचित मूल्य नै ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x