×

NMB BANK
NIC ASIA

सानैदेखि लड्दै आइयो, अब त आराम होला नि भनेको व्यापारीसँग लड्नुपर्‍या छ : मातृका यादव

पुस २६, २०७५

NTC
Premier Steels

काठमाडौं –उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफू सिन्डिकेटविरुद्ध लडिरहेको बताएका छन् । आयल निगममा पुराना व्यापारीहरूको सिण्डिकेट रहेको भन्दै उनले सिन्डिकेटविरुद्ध व्यापारीहरूसँग लड्नुपरेको बताए । 

Muktinath Bank

नेपाल आयल निगमको ४९औं वार्षिकोत्सव समारोहलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री यादवले भने– ‘बाह तेह्र वर्षको उमेरदेखि लड्दै आइयो । अब त केही आराम होला कि भन्यो, फेरि लड्नु पर्ने, को–को सित लड्नु ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विक्रेता विनियमावली बनाउन भनेर आफूले निगमलाई पटक–पटक निर्देशन दिएपनि हेलचेक्र्याइँ गरेको मन्त्री यादवले बताए । यसैले निगम व्यापारीहरूको सिन्डिकेटको भूमरीमा परेको पुष्टि हुने उनको तर्क छ ।


Advertisment
Nabil box
Kumari

‘मैले नौ महिनादेखि नयाँ विक्रेता विनिमावली बनाऊ भन्दै गर्दा अहिलेसम्म बनेको छैन,’ उनले भने, ‘हिजो मात्रै सुनेँ अहिले राय परामर्शका लागि ओपन गरिएको छ, भनेर ।’

Vianet communication

खुला बजार अर्थतन्त्रमा सिन्डिकेट अस्वीकार्य रहेको उनले बताए । ‘प्रतिस्पर्धाको जामाना हो, सबैले प्रतिस्पर्धा गरौं,’ मन्त्री यादवले भने, ‘सबै चिजमा प्रतिस्पर्धा गरौं । सिन्डिकेटबाट प्रतिस्पर्धा हुनै सक्दैन ।’

मातृका गाली मात्रै गर्छ, अर्थमन्त्रीले सुन्दैनन्

मन्त्री यादवले पेट्रोलियम व्यवसायी तथा उपभोक्ताको गुनासोका बारेमा अर्थ मन्त्रालय र आफ्नो मन्त्रालयबीच समन्वय नहुने भन्ने आरोपको पनि खण्डन गरे । यी दुई मन्त्रालयबीच जस्तो समन्वय अन्त कतै नरहेको उनको जिकिर छ ।

साथै उनले आफूले गाली मात्र गर्ने र अर्थमन्त्री (डा. युवराज खतिवडा) ले कुरै सुन्न नचाहने भन्ने आरोपको पनि खण्डन गरे । ‘मातृका खालि गाली मात्रै गर्छ, र अर्थमन्त्रीले कुरै सुन्दैनन् भन्छन्,’ उनले भने, ‘जब कि हाम्रो मन्त्रालयको जस्तो छलफल धेरै ठाउँमा हुँदैन । हामीले कुरा सुन्नमा नै धेरै समय खर्च गरिरहेका छौं ।’

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटिसकेको भन्दै उनले अब सार्वजनिक सवारीको भाडा दर पनि घट्नुपर्ने बताए । ‘पेट्रोल÷डिजेलको मूल्य ६ रुपैयाँ घटिसक्यो, बसको भाडा उस्तै छ । भाडामा पनि त अलिकति विचार हुनुपर्‍यो नि ! विचारै गर्दैनन् । बढ्यो भने बढाउने मात्र, घटाउने विचारै छैन ।’

कार्यक्रममा निगमका नवनियुक्त कार्यकारी निर्देशकले आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्रीसहित विभागीय मन्त्रीलाई धन्यवाद दिए । सरकारले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x