कमलको पञ्चेबाजा गीत ‘उड्यो मालचरा बस्यो हिमालमा’ सार्वजनिक [भिडियोसहित]

पुस २८, २०७५

काठमाडौैं- लोकदोहोरी गायक तथा सर्जक कमल खनाल नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन् ।

हाल अमेरिकामा रहेका गायक खनालले गत महिना नेपाल बसाईका क्रममा ‘उड्यो मालचरा बस्यो हिमालमा’बोलको पञ्चेबाजा गीत रेकर्ड तथा भिडियो छायाँकन गराएका थिए । उक्त गीत शुक्रबार साँझ रिमा इन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 


ADVERTISEMENT

गीतमा खनालकै लय/शब्द छ । स्वर कमल र टीका पुनको छ ।

आधुनिक बाजाले मौलिक नौमती बाजा छायाँमा परेको बताउँदै आफ्ूले नौमती बाजाको प्रयोगमा गीत तयार पारेको कमल बताउँछन् । गीत बिहेमा छमछमी नाच्न मिल्ने खालको बनेको छ । गीतको शब्दहरु मौलिक छन् ।

गीतको भिडियोमा रीना थापा र मनोज खड्काले अभिनय गरेका छन् । हरिनारायण चौधरी र मिराज अर्यालको छायाँकन गरेको भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका हुन् । भिडियोलाई नारायण राज सत्यालले सम्पादन गरेका हुन् ।

पाल्पामा जन्मेका गायक तथा सर्जक कमलले यसअघी दर्जनौं लोकप्रिय गीत सार्वजनिक गरिसकेका छन् ।

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार