कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडौं— ‘ब्रेक्जिट डिल’ अर्थात युरोयिन युनियनबाट बेलायत बाहिरिने सम्बन्धी प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव संसदमा अस्वीकृत भएको छ । प्रधानमन्त्री मेको प्रस्ताव संसदमा ठूलो बहुमतसहित अस्वीकृत भएको हो ।ब्रेक्जिट सम्बन्धि प्रधानमन्त्री मेको प्रस्तावमा गएराती बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा मतदान भएको थियो ।
बेलायतमा कुनै पनि सरकारले संसदमा पेश गरेका विधेयक वा योजनामा यो अहिलेसम्मकै ठूलो झड्का हो । दुई वर्षभन्दा बढी समय लगाएर तयार पारेको ब्रेक्जिट डिल अस्वीकृत हुनु प्रधानमन्त्री मेका लागि निकै ठूलो धक्का हो । उनले यो योजनामा मार्च २९ देखि २१ महिनाको अवधिमा बेलायत इयुबाट अलग हुने आधार तय गरेकी थिइन् ।
प्रस्तावको विपक्षमा ४३२ सांसदले मत दिए । पक्षमा २०२ सांसदले मत दिएको बिबिसीले उल्लेख गरेको छ । प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका ११८ सांसदले विपक्षमा मत दिएका हुन् । प्रधानमन्त्री मेको बे्रक्जिट सम्बन्धी प्रस्तावमा आउँदो मार्च २९ मा इयुबाट बेलायतको औपचारिक अलग हुने प्रक्रियाका आधारहरु तय थिए ।
प्रधानमन्त्री मेको योजना ऐतिहासिक रुपमा विफल भएपछि विपक्षी लेबर पार्टीले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसदमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् । अश्विासको प्रस्तावमाथि संसदमा बुधबार (नेपाली समय अनुसार बुधबार राति पौने १ बजे) मतदान हुने तयारी छ । प्रधानमन्त्री मेले विश्वासको मत लिन नसकेमा बेलायतमा आम चुनाव गर्नु पर्ने हुन सक्छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...