×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री संसद् र प्रतिपक्षसँग भाग्दै हिँडेको कांग्रेस वरिष्ठ नेता पौडेलको आरोप

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री संसद र प्रतिपक्षसंग भाग्दै हिडेको आरोप लगाएका छन् । चितवनको मंगलपुरमा विश्वप्रकाश माध्यामिक बिद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले मुलुकमा सुशासन, सुरक्षा र विकास विथोलिएको भन्दै यो सामना गर्न नसकेर प्रधानमन्त्री संसद र प्रतिपक्षबाट भाग्न लागेको आरोप लगाए ।

Muktinath Bank

पौडेलले भने, ‘सरकारले तीनवटा मुख्य काममा ध्यान केन्द्र्रीत गर्नुपर्नेमा तीनै काममा असफल भएको छ । सुरक्षा विकास र सुशासन सरकारले ध्यान दिनुपर्ने विषय हुन तर सरकार यी तीनै विषयमा असफल भइसक्यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


वरिष्ठ नेता पौडेलले बर्तमान कम्युनिष्ट पार्टीलाई काम सुवर्ण अवसर पाएको बताउदै भने, ‘यो सरकारले काम गर्ने सुवर्ण अवसर पाएको छ । कांग्रेस जस्तो भद्र र अनुसाशित प्रतिपक्ष पाएको छ । कम्युनिष्ट सरकारले काम गर्ने बेला हो । वातावरण पनि अनुकुल छ ।’


Advertisment
Nabil box
Kumari


पौडेलले काम गर्ने सुवर्ण अवसर पाएपनि कम्युनिष्ट सरकार देशलाई सुशासन  दिने काम गर्न नसकेको बताए । ‘झन अहिले हरेक क्षेत्रमा भ्रष्टचारका काण्डहरु बाहिर आएका छन् । शान्ति सुरक्षाको अवस्था पनि त्यस्तै छ ’ पौडेलले भने, ‘सरकार मुलुकलाई विकास दिन होइन भएका योजना भत्काउन लागेको छ । प्रधानमन्त्री संसद र प्रतिपक्षसंग भाग्दै हिड्नुभएको छ ।’

Vianet communication
Laxmi Bank

वरिष्ठ नेता पौडेलले कम्युनिष्ट पार्टीका एउटा अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रका कारण विकास हुन नसकेको भन्ने अभिव्यक्ती प्रति आपत्ती जनाए । ‘कम्युनिष्ट पार्टीका एउटा अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रका कारण विकास हुन नसकेको भन्दै हुनुहुन्छु’ पौडेलले भने,  ‘लोकतन्त्र नभएको भए ठ्यामका ठ्याम विकास हुन्थ्यो भन्नुहुन्छ, उहाँले १० वर्षे द्धन्दमा ठ्यामका ठ्याम गरेर मुलुकको विकासलाई अस्तव्यस्त बनाउनुभयो ।’


पौडेलले स्तरिय र प्राविधीक शिक्षा आजको आवश्यकता भएको बताउदै शिक्षा र स्वास्थ्यलाई राज्यले आफ्नो दायित्वका रुपमा लिनुपर्ने स्पष्ट पारे । उनले स्थानीय सरकार वा जनताको भरमा शिक्षा र स्वास्थ्य छोड्न नमिल्ने पनि तर्क गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x