×

NMB BANK
NIC ASIA

नगरपालिकाले कर घटाएपछि जनता खुशी

माघ ८, २०७५

NTC
Premier Steels

गलेश्वर – म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ ।

Muktinath Bank

नगरवासीको चौतर्फी विरोधपछि नगरपालिकाले नगरवासीसँग असुल गर्ने करको दर घटाएको हो । सम्पत्ति करको दर घटेसँगै नगरवासी खुशी भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार क्षेत्रका नागरिकका लागि ठीकै भएपनि ग्रामीण क्षेत्रका जनताको हैसियतभन्दा बढीको कर निर्धारण गरेको भनेर व्यापकरूपमा विरोध भएपछि नगर कार्यपालिकाको बैठकले सम्पत्ति तथा भूमि करसम्बन्धी विवाद समाधानका लागि नयाँ सीमा र मापदण्ड निर्धारण गरेको थियोे ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाले मोटरबाटोले छोएको जग्गाको ३० प्रतिशतलाई घडेरी र ७० प्रतिशत खेतीयोग्य जमीनको मूल्यांकन गरी कर लिने गरेको थियो । 

Vianet communication

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५५ मा नगरपालिकालाई आफ्नो क्षेत्रभित्र एकीकृत सम्पत्ति कर लगाउनसक्ने गरी अधिकार प्रदान गरिएको छ । सोही अधिकारलाई आधार बनाएर नगरपालिकाले कर निर्धारण गर्ने गर्दछ । 

ग्रामीण क्षेत्रमा विस्तार भएका कच्ची सडक आसपासका जनतालाई मार पर्ने उक्त प्रावधानलाई हटाएर एक रोपनीसम्म बनेको संरचनालाई सम्पत्ति कर र बाँकी खेतीयोग्य जमीनको मूल्यांकनअनुसार भूमि कर लिने निर्णय भएको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।

‘नगरवासीको गुनासोलाई सम्बोधन गरिएको छ, नयाँ मापदण्डले धेरै राहत मिल्ने छ,’ प्रवक्ता बराइलीले भने । नगरपालिकाले १० लाख रुपैयाँसम्मको घरजग्गामा २ सय रुपैयाँ सम्पत्ति कर तोकेपनि ११ लाखदेखि १९ लाख, २१ लाखदेखि ३९ लाख र ४१ लाखदेखि ७९ लाख रुपैयाँको अन्तरमा पर्नेले एउटै कर तिनुपर्ने विगतको मूल्यांकनको आधारलाई समेत सच्याउँदै घर र सम्पत्तिको मूल्यांकनअनुसार कर तिर्न मिल्ने बनाइएको प्रवक्ता बराइलीले बताए ।

विगतको एकीकृत सम्पत्ति करमा मूल्यांकन गरेकोभन्दा ९ लाखदेखि १९ लाख रुपैयाँसम्मको कर तिनुपर्ने समस्या हटेको छ । नगरपालिकाको निर्देशिकाअनुसार २० लाखदेखि ४० लाख रुपैयाँको मूल्यांकन गरिएका सम्पत्ति, सदरमुकाम बेनीबजारका करोड पर्ने घर र ग्रामीण क्षेत्रका मुस्किलले २० लाख रुपैयाँ पनि नपर्ने सम्पत्तिको एउटै कर तिर्ने गरेका थिए । 

काठका पोल विस्थापित 

बेनी नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण बजार तथा ग्रामीण भेगमा रहेका बिजुलीका काठका पोललाई विस्थापित गरी स्टिलका पोल (खम्बा) राख्ने भएको छ । गण्डकी प्रदेश सरकारसँगको लागत सहभागितामा नगरपालिका क्षेत्रबाट काठका पोललाई विस्थापित गरेर स्टिलका पोल राख्ने सहमति भएको प्रवक्ता बराइलीले जानकारी दिए ।

काठका पोलका कारण ग्रामीण क्षेत्रमा जोखिम बढ्नुका साथै विद्युत् प्रवाहमा समेत समस्या देखिएपछि नगरपालिकाले काठका पोल विस्थापित गरी स्टिलका पोल राख्ने भएको हो । ग्रामीण क्षेत्रमा काठका पोल मक्किएर ढल्नै लागेको अवस्थामा छन् ।

कतै रुखमा नांगो तार छोइनै लागेको छ । सुरक्षाको जोखिम बढ्दै गएकोले समाधानका लागि स्टिल पोल राख्न लागिएको प्रवक्ता बराइलीले बताए ।

त्यसैगरी नगरपालिकाले वडा नम्बर ४ तातोपानी र वडा नम्बर ९ गलेश्वरमा प्रहरी चौकी भवन निर्माणमा लागत सहभागिता जनाउने भएको छ । विपद् व्यवस्थापन तथा आपतकालीन अवस्थाका लागि आवश्यक वडामा सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा हेलिप्याड बनाउने योजनामा समेत नगरपालिका रहेको प्रवक्ता बराइलीले जानकारी दिए ।

त्यसैगरी संघीय सरकारको १ व्यक्ति १ बिरुवा रोपण अभियानअन्तर्गत बेनपा–३ भकिम्लीका ८१५ घरमा किबीका बिरुवा रोपिएको प्रवक्ता बराइलीले जानकारी दिए ।

कृषि र पशुपालनमा मंगलाको अनुदान 

म्याग्दीको मंगला गाउँपालिकाले कृषि र पशुपालनमा लागेका गाउँपालिकाभित्रका किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले चालू आव २०७५/७६ को स्वीकृत बजेटअन्तर्गत सोमबार सार्वजनिक गरेको कार्यक्रममा कृषिमा ५० प्रतिशत र पशुपालनका लागि शतप्रतिशत अनुदानको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार कृषिमा कूल लागतको ५० प्रतिशत अनुदान गाउँपालिकाले उपलब्ध गराउने र बाँकी कृषक वा कृषक समूहले व्यवस्था गर्नुपर्ने छ । कृषितर्फ प्लाष्टिकको टनेल (सुरुङ), प्लाष्टिक पोखरी, मकै र च्याउको बिउमा कृषकले ५० प्रतिशत अनुदान पाउने छन् । 

त्यसैगरी पशुपालनमा शतप्रतिशत अनुदानको व्यवस्था गरिएको छ । कृषकले भैंसीको सुत्केरी भत्ता, व्यावसायिक गाईभैंसी फार्म सुदृढीकरण तथा जातीय सुधार र गाईभैंसीको नमूना गोठ निर्माणका लागि शतप्रतिशत अनुदान पाउने गौतमले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x