काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय र टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ ।
यही माघ ११ देखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
नेपालले युएईसँग तीन वटा एक दिवसीय र तीन वटा टी–ट्वेन्टी सिरिज खेल्नेछन् । सहभागी खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।
यसैगरी भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा छन् । भीम अविनाश, पवन र सन्दिपले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन । वैकल्पिकतर्फ भने ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।
नेपालले युएईसँग पहिले एक दिवसीय सिरिज खेलेपछि मात्र टी–ट्वेन्टी सिरिज खेल्नेछ । नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय खेल खेल्नेछ । त्यसपछि माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ ।
एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृङ्खला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुनेछ । विश्व क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृङ्खला खेलेको थियो । दुई खेलको शृङ्खला एक/एक जितको बराबरीमा सकिएको थियो ।
नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । आइसिसीबाट एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो । नेपाली टोली आज दिउँसो ४ः२० बजे युएई प्रस्थान गर्नेछ ।
थप समाचार
- डीपीएल क्रिकेट : अत्तरियाले काठमाडौंलाई दियो १११ रनको लक्ष्य
- एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान
- आहा रारा गोल्डकप फागुन ९ देखि, दुई विदेशीसहित १० टिम सहभागी
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- नेपालद्वारा यूएई सात विकेटले पराजित
- महिला विश्वकप छनोट : थाइल्याण्डले टस जित्यो, नेपालले बलिङ गर्दै
ताजा समाचार
- शौचालयमा अचेत फेला परेका युवाको अस्पतालमा मृत्यु
- सुर्खेती तरुणको प्रशंसनीय कामः मृगौला पीडितलाई २५ हजार सहयोग
- साक्षीको नाममा मोरङमा ५१२ जनाले रकम बुझे, विवरण दिन प्रहरीले मानेन
- 'लुट कान्छा लुट'सँग राजनीतिक प्रवृत्तिको साइनो
- बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्रीको वार्ता, जानकार भन्छन्– भूपू गोरखाको समस्या सुल्झाउन वार्ता टोली चाहिन्छ
प्रतिक्रिया दिनुहोस