×

NMB BANK
NIC ASIA

उल्टियो जिल्ला अदालतको फैसला, बोक्सी आरोपमा मलमूत्र खुवाउनेलाई ५ वर्ष कैद

फागुन ६, २०७५

NTC
Premier Steels

जनकपुरधाम – बोक्सी आरोप लगाएर १ महिलालाई कुटपिट गर्दै मानव मलमूत्र खुवाएको कसूरमा उच्च अदालत जनकपुरले अभियुक्तलाई ५ वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

Muktinath Bank

सर्लाही जिल्ला अदालतले अभियुक्तलाई सफाइ दिएको भएपनि उच्च अदालत जनकपुरले भने फैसलालाई उल्ट्याएर कैद तथा जरिवाना गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्लाहीको साविक मधुवनी गाविस–९ का सुलामान मियाँ, उनका छोरा आलम गिर अन्सारी र सर्लाहीकै सुन्दरपुर चोहडवा–५ बसबरिया क्याम्पटोल बस्ने महमद मजिद अन्सारीलाई जनही ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।


Advertisment
Nabil box
Kumari

उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र राजेश्वर तिवारीको संयुक्त इजलाशले गत फागुन १ गते कैद र जरिवानाको फैसला गरेको हो । अभियुक्तबाट पिडितलाई दामाशाहीको आधारमा ५० हजार रुपैयाँ क्षतिपूर्ति समेत उपलब्ध गराउन फैसला गरिएको छ ।

Vianet communication

‘पीडित जाहेरवालीलाई चोटपटक लागेको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको, पीडितले लगाएको कपडामा फोहोर (दिशा) लागेको र मलमूत्र खुवाउन प्रयोग भएको ढुंगो समेत बरामद भएको देखिन्छ,’ उच्च अदालतको फैसलामा भनिएको छ, ‘मौकामा तयार घटनास्थल मुचुल्का लगायतका मौकामा संकलित सबुत प्रमाणबाट समेत अधिकार प्राप्त अधिकारी समक्ष भएको प्रतिवादीको साविती बयान समर्थित हुनुका साथै पीडित जाहेरवालीले घटना भएको र ती प्रतिवादीहरुले नै घटना घटाएको भनी बकपत्र गरेकाले पनि कसुर ठहरिन्छ ।’

अभियुक्तलाई सफाई दिने गरी शुरू अदालत सर्लाही जिल्ला अदालतको २०७३ फागुन १८ गतेको फैसला नमिलेकाले उल्टी भई प्रतिवादीलाई बोक्सीको आरोप कसूर सजाय ऐन अन्तर्गत जनही ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरिएको हो ।

यसअघि सर्लाही जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहले आरोपमा अभियुक्तलाई सफाइ दिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x