×

NMB BANK
NIC ASIA

यो वर्षलाई कानून निर्माणको युगीन वर्ष बनाउँछौं : मन्त्री ढकाल

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकार युद्धस्तरमा कानून निर्माणमा जुटेको बताएका छन् ।

Muktinath Bank

बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुटवलमा आयोजना गरेकव तहगत राज्य संरचनाको विकास समन्वय विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले संघीयतालाई बलियो बनाउँदै यो वर्षलाई कानून निर्माणको युगीन वर्ष बनाउने गरी काम भइरहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रतिकूलतालाई ध्यानमा राखेर कानून बनाउने काममा सरकारको ध्यान गएको बताउँदै १६५ वटा कानून संघीयता अनुकूल बनाइएको र १७४ वटा कानून संविधान अनुकूल बनाउने चरणमा संघीय संसद रहेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘हाल हामीसँग ३३९ वटा कानून छन् । केहीले संघीयता चिनेका छैनन् । तिनीहरूलाई अपडेट गर्दै संविधान अनुकूल बनाएका छौं । बाँकी बन्ने प्रक्रियामा छन् । नेपाल ऐन पनि संशोधनको प्रक्रियामा छ । यसै वर्ष केन्द्र र प्रदेशका साझा अधिकार सूचीमा रहेका कानूनहरू पनि बनिसक्छन्,’ उनले भने, ‘चिकित्सा शिक्षा विधेयक बाहेक अन्य सबै विधेयकहरू सर्वसहमतिका आधारमा बनेका छन् । बहुमतको आधारमा होइन ।’

Vianet communication
Laxmi Bank

मन्त्री ढकालले प्रदेश लोकसेवा आयोग,  शान्ति सुरक्षा,  प्रहरी, भू–उपयोग, उद्योगसम्बन्धी कानूनको निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए । ढकालले संघले प्रदेशका कुनैपनि अधिकार कुण्ठित नगरेको स्पष्ट पारे । प्रधानमन्त्रीको संयोजकत्वमा बसेको अन्तर प्रदेश परिषदको बैठकबाट संघ र प्रदेशबीच कुनैपनि अधिकारका विषयमा विवाद नभएको स्पष्ट पारे । ढकालले प्रदेशको गृह मन्त्रालय र संघको प्रतिनिधित्वको रुपमा प्रमुख जिल्ला अधिकारी नै रहने बताए । 

उनले भने,  ‘प्रमुख जिल्ला अधिकारी नागरिकता, सीमा सुरक्षा र वैदेशिक मुद्राको विषयमा जवाफदेही हुन्छ । अन्य सबै विषय प्रदेशको आन्तरिक मामिला मन्त्रालयले हेर्छ ।’

कार्यक्रममा प्रदेश नम्बर पाँचका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश बलियो भएमात्र संघीय सरकार बलियो हुने बताए । प्रदेश र स्थानीय तहलाई बलियो बनाउने पहिलो आवश्यकता रहेको घर्तीको भनाइ छ । उनले कानून निर्माणमा देखिएका जटिलताहरूलाई समाधान गरी अगाडि बढनुको विकल्प नभएको बताए । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले सुखी नेपाली समृद्ध नेपाल यही सरकारले पूरा गर्ने बताए । त्यस्तै राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले प्रदेशहरूले संघसँग बाँझिने कानून बनाउन नहुने बताइन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता संविधानसभा सदस्य खिमलाल भट्टराईले संघीयता कार्यान्वयन तहगत अन्तरसम्बन्ध, कानून निर्माण वित्त व्यवस्थापन, कर्मचारी प्रशासन चुनौती र अवसर विषय कार्यपत्र प्रस्तुत गरेका छन् । समितिले सातै प्रदेशमा यस्तै अन्तरक्रिया कार्यक्रम गर्दै छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x