×

NMB BANK
NIC ASIA

आँपको उत्पादन बढाउन अनुसन्धान शुरू

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर – नेपालमा आँपको उत्पादन अनुसन्धान शुरू गरिएको छ ।

Muktinath Bank

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान शुरू गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धानपश्चात् नेपालमा मौसमी र बेमौसमी आँपको उत्पादन बढाउन ठोस योजना तयार गरिने राष्ट्रिय आँप सिकाइ केन्द्रका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए । विश्वविद्यालयले पहिलोपटक आँपलाई नै मुख्य केन्द्र बनाएर राष्ट्रिय आँप सिकाइ केन्द्र स्थापना गरेको छ ।


Advertisment
Nabil box
Kumari

केन्द्रमार्फत् विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र प्राध्यापकले विशुद्ध आँपको मात्र अनुसन्धान गर्नेछन् । बर्सेनि आँपको उत्पादन ओरालो लाग्दै गएपछि विश्वविद्यालयले आँपको अनुसन्धानमा जोड दिएको संयोजक श्रेष्ठले बताए । 
रोगकिरा, परम्परागत खेती प्रणालीलगायत समस्याले आँप खेती व्यावसायीकरण हुन नसकेपछि विश्वविद्यालय अनुसन्धानमा जुटेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

नेपालमा पाइने फलफूलमध्ये सर्वाधिक रुचाइने फलफूलमा आँप पर्दछ । यसको माग पनि बढ्दो छ । तर नेपालमा आँपको उत्पादन भने बर्सेनि घट्दो छ । उत्पादन क्षेत्र बढेपनि उत्पादकत्व घट्दै गएपछि यसको अनुसन्धान शुरू गरेको श्रेष्ठले बताए ।

नेपालमा पछिल्लो ५ वर्षको तथ्यांकअनुसार आँपको उत्पादन क्षेत्र बढेर ३८ हजार ३ सय ५३ हेक्टर पुगेको छ । तर उत्पादकत्व भने घटेर प्रतिहेक्टर ७.०५ मेट्रिक टन मात्रै छ । उत्पादकत्व घट्दै गएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी अनुसन्धानकर्तासँग सहकार्य शुरू गरेको छ ।

विश्वविद्यालयले आफ्नो जीवननै आँपको अनुसन्धानमा समर्पित गरेका थाइल्याण्डको क्यासेसर्ट विश्वविद्यालयका अनुसन्धानकर्ता बोलाएर प्राध्यापक, विद्यार्थी, किसानलाई प्रशिक्षण दिएको छ । थाइल्याण्डको क्यासेसर्ट विश्वविद्यालयका अनुसन्धानकर्ता डा. राभी, डा. जेट, डा. लोपले प्रशिक्षण दिइरहेका छन् ।

सोमवारदेखि शुरू प्रशिक्षण बिहीवारसम्म चल्नेछ । प्रशिक्षणमा रामपुर क्याम्पसका प्रध्यापक, विद्यार्थी, नार्कका वैज्ञानिक र कृषि मन्त्रालय अन्तर्गतका कर्मचारी सहभागी छन् । 

अन्तर्राष्ट्रियस्तरको यस्ता कार्यशालाले नेपालमा आँपखेतीमा देखिएका समस्याको समाधान र नियन्त्रणबारे व्यावहारिक ज्ञान प्रदान गर्ने आइफा परियोजनाका कन्ट्री डाइरेक्टर अमर थिङले बताए । नेपालमा पहिलोपटक आयोजना गरिएको सो कार्यक्रमले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग पुर्याउने उनको भनाइ छ । 

नेपालमा हाल ६३ जिल्लामा आँप खेती गरिन्छ । तर नेपालमा एउटै बोटबाट बर्सेनि उत्पादन गर्न सक्ने अवस्था छैन । नेपालको आँपमा १ वर्ष बिराएर फल लाग्ने भएका कारण उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन ।

सुक्ष्म अनुसन्धान र नयाँनयाँ प्रविधि भित्र्याउन सकिए नेपालमा आँप खेतीको राम्रो सम्भावना रहेको थाइल्याण्डका आँप अनुसन्धानकर्ताको भनाइ छ । क्यासेसर्ट विश्वविद्यालय थाइल्याण्डका अनुसन्धानकर्ता डा. राभीले नेपालको मौसमअनुसार धेरै मात्रामा आँप उत्पादन गर्न सकिने बताए ।

नेपालमा फलफूल उत्पादनको कूल क्षेत्रमध्ये ३१ प्रतिशत आँपले नै ओगटेको छ तर यसको पूर्णरुपमा व्यवसायीकरण हुन सकेको छैन । नेपालमा पछिल्लो तथ्यांक अनुसार सन् २०१३/१४ मा करीब २२ करोड रुपैयाँको १३ हजार ३५३ मेट्रिक टन आँप आयात गरिएको छ । 

मुख्यगरी सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, कपिलवस्तु, सुनसरी, झापा, मोरङ र पहाडी जिल्ला काभ्रे र धादिङमा आँप खेती हुने गरेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x