३० जेठ २०८३, शनिबार

जन्मदिनको अवसरमा प्रधानमन्त्रीद्वारा वृक्षारोपण

फागुन ११, २०७५
जन्मदिनको अवसरमा प्रधानमन्त्रीद्वारा वृक्षारोपण

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन् । 

बालुवाटारमा परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नर्सरीबाट ल्याएको बिरुवा रोपेका हुन् । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेकी हुन् ।  जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका छन् । 

प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदालगायतले शुभकामना दिएका छन् । 

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्